Main News

नेपालमा थप ६३८ जना कोरोना संक्रमित थपिए, मृत्यु हुनेको संख्या ८३ पुग्यो

हिमालय टिभी
२०७७ साउन २७ गते १६:४५
नेपालमा थप ६३८ जना कोरोना संक्रमित थपिए, मृत्यु हुनेको संख्या ८३ पुग्यो

२७ साउन, २०७७ काठमाडौं । कोरोना भाइरस (कोभिड—१९) संक्रमणबाट नेपालमा थप ४ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार धनुषाका २ तथा काभ्रे र सिन्धुपाल्चोकका १—१ जनाको कोरोनाबाट मृत्यु भएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मृत्यु हुनेमा धनुषाको विदेह नगरपालिका ८ का ६० वर्षीय पुरुष रहेका छन् । उनको साउन २६ गते प्रादेशिक अस्पताल जनकपुरमा उपचरका क्रममा मृत्यु भएको हो ।

यस्तै धनुषाको मिथिला विहारी नगरपालिका ५ का ५० वर्षीय पुरुषको कोरोनाबाट साउन २५ गते निधन भएको हो । उनी क्यान्सर अस्पताल जनकपुरमा कार्यरत थिए ।

यसैगरी काभ्रेको पाँचखाल नगरपालिका १ बस्ने ५० वर्षीया महिलाको साउन २७ गते किष्ट मेडिकल कलेज शिक्षण अस्पताल ललितपुर र सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका ४ का ८४ वर्षीय वृद्धको २२ गते त्रिवि शिक्षण अस्पताल मनमोहन कार्डियोथोरासिक तथा भास्कुलर सेन्टरमा उपचारका क्रममा मृत्यु भएको हो ।

आज पीसीआर विधिबाट १० हजार ४ सय ६२ परीक्षण भएकोमा ६ सय ३८ जनामा कोरोना संक्रमण देखिएको छ । काठमाडौं उपत्यकामा मात्रै आज १ सय ३४ जनामा जनामा संक्रमण देखिएको छ । जसमा काठमाडौं जिल्लामा १ सय १० जना, ललितपुरमा १६ र भक्तपुरमा ८ जनामा कोरोना संक्रमण देखिएको प्रवक्ता डा. गौतमले बताउनुभयो ।

यस्तै देशभरी १ सय ८३ जना चिकित्सकहरु संक्रमित रहेका छन । प्रदेश नम्बर १ मा ८ जना, प्रदेश नम्बर २ मा ७८ जना, बागमती प्रदेशमा १६ जना र गण्डकी प्रदेशमा २० जना चिकित्सकमा कोरोना संक्रमण देखिएको उहाँले बताउनुभयो ।

यस्तै प्रदेश नम्बर ५ मा १२ जना, कर्णाली प्रदेशमा २२ र सुदूरपश्चिम प्रदेशमा २७ जना चिकित्सक संक्रमित रहेका छन । नेपालमा जम्मा कोरोना संक्रमितको संख्या २३ हजार ९ सय ४८ पुगेको छ ।

आज १ सय ७१ जना संक्रमित निको भएर घर फर्किएका छन । प्रदेश नम्बर १ मा १ हजार ४४, प्रदेश नम्बर २ मा ३ हजार ३ सय ८५, बागमती प्रदेशमा ६ सय १८ र गण्डकी प्रदेशमा १ हजार ४ सय ८७ जना संक्रमित डिस्चार्ज भएका छन् ।

यस्तै प्रदेश नम्बर ५ मा ४ हजार १ सय ८९, कर्णाली प्रदेशमा १ हजार ९ सय र सुदूरपश्चिम प्रदेशमा ४ हजार ४१ जना संक्रमित गरी आजसम्म १६ हजार ६ सय ६४ जना संक्रमित डिस्चार्ज भए घर फर्किएका छन ।

प्रदेश नम्बर १ मा ५ सय ३९, प्रदेश नम्बर २ मा ३ हजार ३ सय ४७, बागमती प्रदेशमा १ हजार ३ सय ५२ र गण्डकी प्रदेशमा २ सय २४ जना सक्रिय संक्रमित उपचाररत रहेका छन । प्रदेश नम्बर ५ मा ६ सय ४६, कर्णाली प्रदेशमा १ सय ९७ र सुदूरपश्चिम प्रदेशमा ८ सय ९६ गरी देशभरी ७ हजार २ सय १ जना संक्रमित आइसोलेसनमा उपचाररत रहेका छन । जसमा २ सय २४ जना संक्रमित होम आइसोलेसनमा उपचाररत रहेका छन । यस्तै आइसियुमा ८५ जना र भेन्टिलेटरमा ३ जना संक्रमित उपचाररत रहेका छन । देशभरी आइसियु बेड क्षमता ११ सय ३४ रहेको छ, भने भेन्टिलेटर सहितका बेड ५ सय ७६ वटा रहेका छन ।

प्रदेश नम्बर १ मा २ हजार ६ सय १४, प्रदेश नम्बर २ मा १ हजार ५ सयि ८०, बागमती प्रदेशमा १ हजार १९ र गण्डकी प्रदेशमा ९ सय ५५ जना क्वारेन्टिनमा रहेका छन । प्रदेश नम्बर ५ मा १ हजार ८ सय १२, कर्णाली प्रदेशमा ६ सय ८९ र सुदूरपश्चिम प्रदेशमा २ हजार ३ सय ८९ गरी देशभरी ११ हजार ५८ जना क्वारन्टिनमा रहेका छन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *