Main News

आइतबारदेखि दुई साताका लागि उपत्यकाका अत्यावश्यकबाहेकका कार्यालय बन्द गर्ने निर्णय

हिमालय टिभी
२०७७ साउन २३ गते १५:०१
आइतबारदेखि दुई साताका लागि उपत्यकाका अत्यावश्यकबाहेकका कार्यालय बन्द गर्ने निर्णय

२३ साउन, २०७७ काठमाडौं । काठमाडौँ उपत्यकाका तीनै जिल्लामा आइतबारदेखि अत्यावश्यक बाहेकका सबै कार्यालय दुई हप्ता बन्द हुने भएका छन ।

काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी सहित तीनै जिल्लाका जिल्ला समन्वय समितिको बैठकले आइतबारदेखि लागू हुने गरी अत्यावश्यकबाहेक सबै सरकारी, गैरसरकारी तथा निजी कार्यालय बन्द गर्ने निर्णय गरेको हो ।

जिल्लास्तरीय सीसीएमसीका तीनै जिल्लाका कमिटीबीच काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा आज दिउँसो बसेको बैठकले कोरोना नियन्त्रणका लागि यस्तो निर्णय गरेको हो ।

बैठकले मास्क र स्यानिटाइजरको प्रयोग नगर्ने तथा सुरक्षा सावधानी नअपनाउनेलाई कडा कारबाही गर्ने तथा सवारी साधनमा लागू गरिएको जोरबिजोर प्रणालीलाई कडाईका साथ पालना गराउने पनि निर्णय गरेको छ ।

काठमाडौँ उपत्यकामा कोरोना भाइरस संक्रमण बढ्दै गएपछि सरकारले बिहीबारदेखि जोरबिजोरमात्र सवारी साधन सञ्चालन गर्ने निर्णय गरिसकेको छ भने उपत्यकामा बेलुकी ९ बजेदेखि बिहान ५ बजेसम्म आवतजावतमा प्रतिबन्ध लगाउने निर्णयसमेत गरिसकेको छ।

बैठकमा सहभागी एक सदस्यका अनुसार काठमाडौँमा संक्रमण बढ्दै गए र आवागमन तथा हिँडडुलमा नियन्त्रण नभए उपत्यकाको स्थानीय प्रशासनले निषेधाज्ञासम्मको तयारी गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *