एकै परिवारका १४ सहित २२ जनाका कोरोना पुष्टि भएपछि रंगेली बजार सिल

२० साउन, २०७७, मोरङ । एकै परिवारका १४ सहित २२ जनामा कोरोना संक्रमण देखिएपछि मोरङको रंगेली बजार शिल गरिएको छ ।
रंगेली अस्पतालको आकस्मिक बाहेकको सेवा पनि तत्कालका लागि बन्द गरिएको छ । एकै परिवारका १४ जना, विद्युत प्राधिकरण रंगेली शाखाका ५ र अस्पतालका ३ कर्मचारीमा हिजो कोरोना संक्रमण पुष्टि भएको थियो ।
रंगेली नगरपालिकाले बजारको पूर्वमा मधुवनी चोक र पिपल चोकदेखि सुनवर्षी नगरपालिकाको सीमाना, पश्चिममा चिस्याङ खोला, उत्तरमा निचामारी बक्राहा खोला पुल र दक्षिणमा भन्सार गेटसम्म पर्ने वडा नम्बर ६, ७ र ८ को क्षेत्र सिल गरिएको जनाएको छ ।
रंगेली नगरपालिकाका मेयर दिलिप बगडियाले संक्रमितको सम्पर्कमा आएका झन्डै २ सय जनाको स्वाब परीक्षण गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।
यस्तै स्वास्थ्यसँग सम्बन्धित सेवा बाहेक नगरपालिका तथा वडा कार्यालयहरुबाट दिइने सेवा समेत आजदेखि अर्को सूचना नभएसम्मका लागि बन्द गरिएको छ ।
प्रतिक्रिया