Main News

कोशी अस्पतालमा एक जनाको मृत्यु, कोरोना परीक्षण हुँदै

हिमालय टिभी
२०७७ साउन २० गते ९:२९
कोशी अस्पतालमा एक जनाको मृत्यु, कोरोना परीक्षण हुँदै

२० साउन, २०७७ विराटनगर । कोशी अस्पताल विराटनगरमा उदयपुरका एक पुरुषको मृत्यु भएको छ ।

स्वास प्रश्वासमा समस्या भएपछि राती अस्पताल पुर्याइएका उनको मृत्यु भएको कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिनुभयो ।

विराट नर्सिङ होममा आएका उनलाई कोशीमा पठाइएको थियो । एम्बुलेन्सबाट उतारेर भर्ना गर्न लैजान खोज्दाखोज्दै मृत्यु भएको डाक्टर दासले बताउनुभयो । बाँकी विवरण खुलिसकेको छैन ।

यसैबीच मालपोल र नापी कार्यालय विराटनगरलाई ७२ घण्टासम्म सेवा रोकेर सिल गरिएको छ ।

जिल्लास्थित कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट समितिको बैठकले दुई कार्यालयको सेवा ७२ घण्टा रोकेर डिस्सइन्फेक्टेड गर्ने निर्णय गरेको हो । नापी कार्यालयका दुईजना कर्मचारीमा शनिबार संक्रमण पोजेटिभ देखिएको थियो ।

मालपोत कार्यालय बाहिर लेखापढी गरेर बस्ने एकजनालाई पनि शुक्रबार नै बुढीगंगाबाट संक्रमण पुष्टि भएको थियो । मालपोत कार्यालयका प्रमुख नगेन्द्र पौड्यालले हिजो बन्द रहेको यी कार्यलयआज र भोली सेवा बन्द गरेर डिस्सइन्फेक्टेड गरिने जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *