प्रदेश २ को मुख्यमन्त्री कार्यालयका ६ जना कर्मचारीमा कोरोना संक्रमण

Himalaya Television
२०७७ साउन १९ गते १९:२७

प्रदेश २ को मुख्यमन्त्री कार्यालयका ६ जना कर्मचारीमा कोरोना संक्रमण

१९ साउन, २०७७ काठमाडौं । प्रदेश २ को मुख्यमन्त्री कार्यालयका ६ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

२२ देखि ५२ वर्ष उमेर समूहका ६ जना कर्मचारीमा कोरोना संक्रमण देखिएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

मुख्यमन्त्री कार्यालयमा खटिएका १ जना ट्राफिक प्रहरीमा पनि संक्रमण पुष्टि भएको छ । प्रादेशिक अस्पताल जनकपुरधामका दुई जना चिकित्सकसहित १६ जना कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

त्यस्तै, प्रादेशिक प्रयोगशालाका २ जना कर्मचारी पनि संक्रमित भएका छन् ।

यसैबीच, नेकपाको वीरगञ्ज महानगर कमिटिका अध्यक्ष रहबर अन्सारीलाई पनि कोरोना संक्रमण भएको छ । कोरोना पोजेटिभ आए पनि आफुमा कुनै पनि लक्षण नदेखिएको र अवस्था सामान्य रहेको अन्सारीले बताउनुभएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Latest Programs