Main News

सरकार र नागरिकको असावधानीका कारण कर्णाली कोरोनाको उच्च जोखिममा (भिडियोसहित)

हिमालय टिभी
२०७७ साउन १७ गते २०:३९
सरकार र नागरिकको असावधानीका कारण कर्णाली कोरोनाको उच्च जोखिममा (भिडियोसहित)

१७ साउन, २०७७ सुर्खेत । कर्णाली प्रदेशका बजारमा सबै प्रकारका पसल व्यवसाय सञ्चालनमा आएका छन । साउन ८ गतेदेखि छोटो दूरीका सवारी साधन सञ्चालनमा आएपछि चहलपहल पनि बढेको छ । तर व्यक्तिगत सुरक्षा सावधानी नअपनाउँदा जोखिम भने बढ्दै गएको छ ।

चार महिना लामो लकडाउनपछि कर्णाली प्रदेशको राजधानी सुर्खेत लगायत बजारमा व्यापार व्यवसाय पुनः सञ्चालनमा आएका छन । यातायात, साना तथा ठूला बजार र संघसंस्था तथा होटल र रेष्टुरेन्ट खुलिसकेका छन् ।

व्यापार व्यवसाय सञ्चालनमा आएसँगै बजारमा मान्छेको भीड बढ्न थालेको छ । तर समुदायस्तरबाट नमुनाका रुपमा संक्लन गरिएका स्वाबमा कोरोना संक्रमण भेटिएपछि प्रदेशमा जोखिम पनि उच्च रहेको देखिएको छ ।

सरकारले तोकेका सेवाबाहेक विद्यालय, लामो दुरीको यातायात, सिनेमा हल लगायतका क्षेत्र अझै बन्द छन । सुर्खेतका केहि विद्यालयले सञ्चालन गरेका कक्षा समेत संभावित जोखिमलाई ध्यान दिदै स्थानीय प्रशासनले बन्द गराएको छ ।

कर्णाली प्रदेशमा अहिलेसम्म २ सय भन्दा बढी सक्रिय संक्रमित छन् । लकडाउन अवधिमा भारतबाट आउने नागरिकमा कोरोना संक्रमण देखिदा ग्राफ निकै माथि थियो । तर निषेध गरिएका व्यवसाय पनि निर्वाध रूपमा सञ्चालन हुनु र सुरक्षाको जिम्मा पाएका निकाय कडा रूपमा प्रस्तुत नहुँदा कोरोनाको जोखिम उच्च हुँदै गएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *