Main News
उपत्यका भित्रिने नाकामा २५ जनामा कोरोना संक्रमण पुष्टि (भिडियोसहित)
२०७७ साउन १६ गते १८:४१

१६ साउन, २०७७, काठमाडौं । काठमाडौं उपत्यका भित्रने नाकामा संकलन गरिएको स्वाव परीक्षण गर्दा २५ जनामा कोरोना संक्रमण भेटिएको छ ।
उपत्यका भित्रने नाका साँगा, फर्पिङ र थानकोटबाट ३ हजार ७ सय १३ जनाको स्वाव संकलन गरेर पीसीआर परीक्षण गर्दा २५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
सरकारले विभिन्न नाकाबाट आएका १० हजार जनाको पीसीआर परीक्षण गर्ने लक्ष्य सहित १० हजार पाँच सयको स्वाव संकलन गरिसकेको छ । संकलन भएका बाँकी स्वावको परीक्षण भैरहेको छ ।
प्रतिक्रिया