Main News
गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १२५६ पुग्यो
२०७७ साउन २ गते १३:०१

२ साउन, २०७७, कास्की । गण्डकी प्रदेशमा आज थप २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
क्षयरोग केन्द्र पोखरा र प्रदेश जनस्वास्थ्य प्रयोगशाला हेटौंडामा भएको परीक्षणबाट थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै गण्डकीमा संक्रमितको संख्या एक हजार दुई सय ५६ जना पुगेको छ ।
नवलपरासी पूर्वको गैंडाकोट नगरपालिकाका १८ र तनहुँको व्यासका तीन जना, म्याग्दे र भानुका दुईरदुईजना जना पुरुषमा संक्रमण पुष्टि भएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
प्रतिक्रिया