Main News

नेपालमा थप १४४ जना कोरोना संक्रमित फेला, १७ सय बढी डिस्चार्ज

हिमालय टिभी
२०७७ असार २९ गते १६:३३
नेपालमा थप १४४ जना कोरोना संक्रमित फेला, १७ सय बढी डिस्चार्ज

२९ असार, २०७७ काठमाडौं । नेपालमा पछिल्लो पटक १७ सय ५ जना कोरोना संक्रमित आइसोलेसनबाट डिस्चार्ज भएका छन् । यो संख्या नेपालमा संक्रमण शुरु भएयताकै उच्च हो ।

स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार देशका विभिन्न जिल्लामा थप १ सय ४४ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै संक्रमितको संख्या १६ हजार ९ सय ४५ पुगेको छ ।

काठमाडौं उपत्यकाका तीन वटै जिल्लामा नयाँ संक्रमित भेटिएका छन् । काठमाडौंमा ३, ललितपुरमा ५ तथा भक्तपुरमा एक संक्रमित थपिएका छन् । पछिल्लो पटक सबैभन्दा बढी सुर्खेतमा ४१ नयाँ संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो पटक पीसीआर परीक्षण केही बढेको छ । गत २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा ५ हजार ८ सय ५६ जनाको पीसिआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

नेपालमा कोराना संक्रमणबाट अहिलेसम्म ३८ जनाको मृत्यु भएको छ । १० हजार २ सय ९४ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *