Main News

यहाँ किन रोपियो सडकमा धान ? (भिडियोसहित)

हिमालय टिभी
२०७७ असार २२ गते १७:५४
यहाँ किन रोपियो सडकमा धान ? (भिडियोसहित)

२२ असार, २०७७ काठमाडौं । विकासको पहिलो पूर्वाधार सडक हो । सडक बनेपछि धेरै ठाउँमा कायापलट नै भएका उदाहरण छन् । तर, छोटो समयमा पूरा हुने निर्माणका कामका लागि वषौं लागेपछि स्थानीय बासिन्दाले कति दुःख भोग्नु पर्ला ? त्यो अनुमान गर्न कठीन छैन ।

पछिल्लो ६ वर्षदेखि ललितपुरको हरिसिद्धीका बासिन्दाले सास्ती खेप्दै आएका छन् । त्यसैले उनीहरुले आफ्नो सास्ती सरकारलाई सुनाउन आज अनौठो उपाय निकालेका छन् ।

असारको महिना । धान रोप्ने समय । मानिसहरु मानो रोपेर मुरी फलाउनका लागि आफ्नो खेतमा धान रोपिरहेका छन् । तर, यो रोपाईँ केही फरक छ ।

यहाँ खेतमा होइन, सडकमा धान रोपिँदैछ । यो रोपाईँमा रोपारलाई मानो रोपेर मुरी फलाउने आशा छैन ।

उनीहरुको उद्देश्य फरक छ । ललितपुरको गोदावरी जाने मुख्य सडक विस्तार गर्ने भन्दै भत्काइयो । तर सडक भत्काएको ५–६ वर्ष वितिसक्दा पनि बनाउने चालचुल नै भएन ।

वर्षाका बेला हिलो, हिउँदको बेला धुलो अनि खाल्डाखुल्डी, आधा दशकभन्दा बढी समयदेखि हरिसिद्धिका बासिन्दाले यस्तै सास्ती भोगिरहेका छन् । त्यसैले बाध्य भएर उनीहरुले धान रोपेर बाटो नै बन्द गरेर विरोध जनाएका हुन् ।

देशको राजधानी काठमाडौं उपत्यकाका धेरै ठाउँमा यस्तै दृष्य देखिँदै आएको छ । सडक विस्तार वा पुनर्निर्माणको नाममा बाटो भत्काएर अलपत्र छाडिएको छ । जसले स्थानीय बासिन्दालाई सास्ती थपिएको छ । सरकारले नागरिकका यस्ता सास्ति बुझेर समस्या समाधान गरे स्थानीय बासिन्दा सडकमै धान रोप्न आउनु पर्ने थिएन कि ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *