गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना संक्रमणको पुष्टि, संक्रमितको संख्या ७९२ पुग्यो

Himalaya Television
२०७७ असार १२ गते ९:१६

गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना संक्रमणको पुष्टि, संक्रमितको संख्या ७९२ पुग्यो

कास्की । गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय पोखराका अनुसार नवलपरासी पूर्व सुस्तामा २१ जना, तनहुँमा २ जना, स्याङजा र बाग्लुङमा १/१ जना गरि थप २५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

नवलपरासी जिल्ला (बर्दघाट सुस्ता पूर्व)को गैडाकोट नगरपालिकाका ७ जना पुरुषमा र कावासोती नगरपालिकाका १२ पुरुष र २ महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । उ

नीहरू १८ देखि ५८ बर्ष उमेर समुहका रहेका निर्देशनालयले जानकारी दिएको छ ।स्याङजाको कालिगण्डकी गाउँपालिकाका बर्ष २८ का एक पुरुष र बाग्लुङको बरेङ गाउँपालिकामा बर्ष २३ का १ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७ सय ९२ पुगेको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *