राजनीति

पार्टीको कार्यकारी निकाय सचिवालय खारेज गर्न नेकपा नेताकै माग

हिमालय टिभी
२०७७ असार १० गते १९:२४
पार्टीको कार्यकारी निकाय सचिवालय खारेज गर्न नेकपा नेताकै माग

१० असार, २०७७ काठमाडौं । नेकपाका स्थायी कमिटी सदस्य जनार्दन शर्माले पार्टीको कार्यकारी निकाय सचिवालय खारेजीको माग गर्नुभएको छ ।

आज बसेको स्थायी कमिटी बैठकमा शर्माले यो विषय उठाउनुभएको हो ।बैठक सुरु भएलगत्तै नेता शर्माले सचिवालय खारेजी माग गर्दै यसलाई बैठकको एजेन्डा बनाउनसमेत माग गर्नुभएको थियो ।

देश र पार्टीभित्रका अन्तरविरोधबारे ठोस धारणा बनाउन नसक्ने तथा निकास दिन नसक्ने सचिवालयको कुनै औचित्य नरहेको शर्माको टिप्पणी छ ।

शर्माले भ्रष्टाचार नियन्त्रण, कोरोना रोकथाम, अध्यादेश प्रकरण, एमसिसीलगायतका मुद्दामा सचिवालयले कुनै निष्कर्ष निकाल्न नसकेको बताउनुभयो । तर यो विषय बैठकको एजेण्डा बनेन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्