माओवादी केन्द्र

भरत शाह प्रदेश २ माओवादी केन्द्रको संसदीय दलको नेता चयन

२८ चैत २०७७ धनुषा । नेकपा माओवादी केन्द्रले प्रदेश २ को संसदीय दलको नेतामा भरत शाहलाई चयन गरेको छ । जनकपुरधाममा बसेको पार्टी संसदीय दलको बैठकले नयाँ नेता चयन गरेको हो । यस्तै, उपनेतामा जगत यादव, प्रमुख सचेतकमा दिलीप...

कांग्रेस र माओवादी केन्द्रको अवरोधका कारण प्रदेश एक प्रदेशसभा बैठक स्थगित

२७ चैत २०७७ विराटनगर । प्रदेश नं १ को प्रदेशसभाको आजको बैठक दैनिक कार्यसूचीमा प्रवेशै नगरी स्थगन भएको छ । दिउँसो १ बजे सञ्चालन हुने भनिएको बैठक केही समय ढिलापछि सञ्चालन हुने क्रममा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र...

गृहमन्त्री रामबहादुर थापामाथि माओवादी केन्द्रले गर्‍यो कारबाही

२७ चैत २०७७ काठमाडौं । नेकपा माओवादी केन्द्रले नेकपा एमालेमा गएका गृहमन्त्री रामबहादुर थापालाई कारबाही गरेको छ। माओवादी केन्द्रले राष्ट्रियसभा सचिवालयालाई पत्र पठाउँदै थापालाई दलबाट हटाएको र माओवादी केन्द्रको सांसद नरहेको जानकारी गराएको हो। माओवादीको राष्ट्रिय सभा संसदीय दलका...

एमाले प्रवेश गरेका चार जना मन्त्रीको सांसद पद खोसियो

२६ चैत २०७७ काठमाडौं । नेकपा माओवादी केन्द्र परित्याग गरेर नेकपा एमाले प्रवेश गरेका ४ जना मन्त्रीहरुको सांसद पद खारेज भएको छ । संघीय संसद प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्नि प्रसाद सापकोटाले अर्घाखाँचीका टोपबहादुर रायमाझी, कैलाली ४ का लेखराज...

गण्डकी प्रदेश सरकारबाट माओवादी केन्द्रका दुई जना मन्त्रीले दिए राजीनामा

२५ चैत २०७७ काठमाडौं । गण्डकी प्रदेश सरकारमा सहभागी नेकपा (माओवादी केन्द्र)का दुईजना मन्त्रीले राजीनामा दिएका छन् । आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमान र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापा मगरले मुख्यमन्त्री पृथ्वी सुब्वा गुरुङ समक्ष...

एमाले प्रवेश गरेका चार जना सांसद माओवादी केन्द्रद्वारा निश्कासित

२४ चैत २०७७ काठमाडौं । नेकपा माओवादी केन्द्रले एमाले प्रवेश गरेका चार जना सांसदलाई पार्टी साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरेको छ । कैलालीबाट निर्वाचित सांसद लेखराज भट्ट र गौरीशकर चौधरी, अर्घाखाँचीबाट निर्वाचित टोपबहादुर रायमाझी र रौतहटबाट निर्वाचित प्रभु...

लुम्बिनी प्रदेश सरकारबाट माओवादी केन्द्रका मन्त्री हटाउने मुख्यमन्त्री पोखरेलको तयारी

२४ चैत २०७७ बुटवल । आफूविरुद्ध अविश्वास प्रस्ताव ल्याउन लागेको भन्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले नेकपा माओवादी केन्द्रबाट सरकारमा सहभागी मन्त्रीलाई हटाउने तयारी गर्नुभएको छ । माओवादी, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले अविश्वासको प्रस्ताव ल्याउन सांसदहरूको हस्ताक्षर...

लुम्बिनी प्रदेशमा माओवादी केन्द्रद्वारा दुई प्रदेशसभा सदस्य पदमुक्त

२३ चैत २०७७ बुटवल । नेकपा एमालेमा प्रवेश गरेका माओवादी केन्द्रका लुम्बिनी प्रदेश सभा सदस्यद्वय दधिराम न्यौपाने र दिनेश पन्थीलाई पदमुक्त गर्ने निर्णय गरेको छ । माओवादी केन्द्रले दुइ सांसदलाई पदमुक्त गर्न भन्दै प्रदेश सभा सचिवालयमा पत्र पठाएको छ...

एमाले प्रवेश गरेका माओवादी केन्द्रका सांसद न्यौपाने र पन्थी पदमुक्त गरिँदै

२३ चैत २०७७ बुटवल । नेकपा एमालेमा प्रवेश गरेका माओवादी केन्द्रका लुम्बिनी प्रदेश सभा सदस्यद्वय दधिराम न्यौपाने र दिनेश पन्थीलाई आजदेखि पदमुक्त गराइँदैछ । आज बस्ने लुम्बिनी प्रदेश सभा बैठकमा सभामुखले दुई सांसद न्यौपाने र पन्थीलाई माओवादी केन्द्रले कारबाही...

प्रदेश १ का मन्त्री टंक आङ्बुहाङलाई माओवादी केन्द्रले सांसद पदबाट हटायो

२३ चैत २०७७ विराटनगर । प्रदेश– १ सरकारका आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बुहाङलाई नेकपा माओवादी केन्द्रले सांसद पदबाट हटाएको छ । संसदीय दलको नेतृत्व छाडेर एमाले प्रदेश गर्दै मन्त्री बनेका आङ्बुहाङलाई माओवादी केन्द्रले सांसदबाट हटाएको हो ।...