Main News

लुम्बिनी प्रदेश सरकारबाट माओवादी केन्द्रका मन्त्रीहरुले दिए राजीनामा

हिमालय टिभी
२०७९ चैत १२ गते १२:५९
लुम्बिनी प्रदेश सरकारबाट माओवादी केन्द्रका मन्त्रीहरुले दिए राजीनामा

१२ चैत २०७९ दाङ । लुम्बिनी प्रदेशमा नेकपा माओवादी केन्द्रका मन्त्रीहरुले राजीनामा दिएका छन्।

मुख्यमन्त्री लिला गिरी नेतृत्वको सरकारमा रहेका तीन मन्त्रीले राजीनामा दिएको हुन् । एमालेका नेता गिरी नेतृत्वको सरकारबाट माओवादी मन्त्रीहरु बाहिरिएसँगै नेपाली कांग्रेसका नेता डिल्ली चौधरी मुख्यमन्त्री बन्ने पक्का भएको छ।

माओवादी मन्त्रीहरुको राजीनामापछि कांग्रेस संसदीय दलका नेता चौधरीलाई मुख्यमन्त्री बनाउन ५४ जना सांसदले हस्ताक्षर गरेका छन्। चौधरीले आजै सरकारको दाबी गर्दै प्रदेश प्रमुखको कार्यालयमा जाँदै हुनुहुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *