Main News

कर्णालीको मुख्यमन्त्रीमा माओवादी केन्द्रका राजकुमार शर्मा नियुक्त

हिमालय टिभी
२०७९ पुष २७ गते १७:२८
कर्णालीको मुख्यमन्त्रीमा माओवादी केन्द्रका राजकुमार शर्मा नियुक्त

२७ पुस २०७९ सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रका राजकुमार शर्मा नियुक्त हुनुभएको छ ।

प्रदेश प्रमुख तिलक परियारले संविधानको धारा १६८ को उपधारा २ बमोजिम शर्मालाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

शर्मालाई माओवादीका १३, एमालेका १०, राप्रपा र नेकपा एसका एकएक जना सांसदको समर्थन प्राप्त छ । अब शर्माले साढे दुई वर्ष प्रदेश सरकारको नेतृत्व गर्नुहुनेछ ।

पाँच वर्ष माओवादीले सरकारको नेतृत्व गर्ने केन्द्रमा शीर्ष नेताबीच सहमति भए पनि कर्णालीमा साढे दुई–दुई वर्ष मुख्यमन्त्री आलोपालो बन्नेमा सहमति भएको थियो । सहमति भएपछि मात्रै शर्मालाई एमालेले समर्थन गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *