Main News

माओवादी केन्द्रको तीन महिने अभियान शुरु हुँदै

हिमालय टिभी
२०८० भदौ १६ गते १०:०६
माओवादी केन्द्रको तीन महिने अभियान शुरु हुँदै

१६ भदौ २०८० काठमाडौं । नेकपा माओवादी केन्द्रको ‘जनतासँग माओवादी विशेष रूपान्तरण’ तीन महिने अभियान आजदेखि सुरु हुँदैछ ।

२५ लाख जनताबीच पुग्ने लक्ष्यसहित माओवादीले तीन चरणको अभियान सुरु गर्न लागेको हो । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छ हजार ७४३ वडामा एकसाथ भर्चुअल माध्यमबाट अभियानको उद्घाटन गर्दै हुनुहुन्छ ।

अभियानलाई सफल बनाउन नेताहरू तोकिएका आ–आफ्ना क्षेत्रमा पुगिसकेको माओवादीले जनाएको छ । वडा–वडाले तोकेको कमान्डरको नेतृत्वमा अभियान सञ्चालन हुने बताइएको छ ।

अभियानमा समाजवादी मोर्चाको अवधारण पत्र, पार्टीको दस्ताबेज, केन्द्रीय समितिले तय गरेका नारा तथा कार्यक्रम लिएर सबै जना जनताको घरघर पुग्ने लक्ष्य राखिएको छ । ‘घर–घरमा माओवादी, जन–जनमा माओवादी’ नारासहित ७५३ पालिकाको ६ हजार ७४३ वडामा ८८ समूह बनाएर एकसाथ अभियान सुरु गर्ने तयारी छ ।

स्थानीय तहमा पुग्दा जनताको काम जनतासँगै गर्ने र बस्दा, हिँड्दा, बोल्दा पार्टीको कुरा गर्ने गरी निर्देशिका नै बनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *