माओवादी केन्द्रसहित चार दलको समाजवादी मोर्चा भोलि घोषणा हुने
३ असार २०८० काठमाडौं । नेकपा माओवादी केन्द्रसहित चार दलको समाजवादी मोर्चा भोलि घोषणा हुने भएको छ ।
माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टी जसपा अध्यक्ष उपेन्द्र यादव, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा महासचिव नेत्रविक्रम चन्दबीच बालुवाटारमा भएको छलफलमा मोर्चाको घोषणा भोलि गर्ने सहमति भएको हो ।
मोर्चाको नेतृत्व आलोपालो हुनेछ । तत्काललाई केन्द्रीय मोर्चा घोषणा गर्ने र आवश्यकताका आधारमा तल्लो तहसम्म संरचना बनाउने सहमति जुटेको छ ।
मोर्चाले संसद भित्र र बाहिर पनि समाजवादी विचारधारको प्रचार गर्ने तथा समाजवादका पक्षमा जनमत निर्माण गर्ने एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।
असार १ गते समाजवादी मोर्चा गठनको घोषणा गर्ने भने पनि आन्तरिक तयारी नपुगेको भन्दै सारिएको थियो।
प्रतिक्रिया