Main News

माओवादी केन्द्रका नेता कुशवाह जनमत पार्टीमा प्रवेश

हिमालय टिभी
२०७९ चैत १५ गते १३:३२
माओवादी केन्द्रका नेता कुशवाह जनमत पार्टीमा प्रवेश

१५ चैत २०७९ काठमाडौं । नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य शिवचन्द्र प्रसाद कुशवाह जनमत पार्टीमा प्रवेश गर्नु भएको छ ।

आज काठमाडौंमा पत्रकार सम्मेलन गरी जनमत पार्टीका अध्यक्ष सिके राउतले उहाँलाई पार्टीमा प्रवेश गराउनु भएको हो । त्यसक्रममा कुशवाहले बारा क्षेत्र नम्बर २ का जनताको भावना अनुसार चुनाव लडन आफू जनमत पार्टीमा प्रवेश गर्नु परेको स्पष्ट पार्नु भयो ।

हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा उहाँलाई जनता समाजवादी पार्टीका रामसहाय प्रसाद यादवले ३५४ मतले पराजित गर्नु भएको थियो । तर जनताको भावना विपरीत माओवादी केन्द्रले उपेन्द्र यादवलाई उपचुनावमा लडाउने भएपछि आफूले सो पार्टी परित्याग गर्नु परेको पनि कुशवाहले खुलासा गर्नु भयो ।

उहाँले निर्वाचनमा हार व्यहोरेका यादव पदलोलुप भन्दै बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनमा हराएर पठाउने चेतावनीसमेत दिनुभयो । माओवादी पार्टीले आफूमाथि जालझेल र षडयन्त्र गरेकाले आफूले मधेश मुक्ति र देशका लागि केही गर्ने मनोविज्ञान बोकेको सिके राउत नेतृत्वको जनमत पार्टी रोज्नु परेको उहाँको भनाई थियो ।

कार्यक्रममा बोल्दै जनमत पार्टीका अध्यक्ष राउतले आफ्नो पार्टी जनताको मात्रै नभई नेताको पनि उद्धार गर्ने पार्टी भएको दावी गर्नु भएको थियो । ‘’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *