Main News

माओवादी केन्द्रका नेताहरुको जिम्मेवारी हेरफेर

हिमालय टिभी
२०८० साउन २१ गते १५:०२
माओवादी केन्द्रका नेताहरुको जिम्मेवारी हेरफेर

२१ साउन २०८० काठमाडौं । नेकपा माओवादी केन्द्रले पदाधिकारीसहित ४ सय ९ जना केन्द्रीय सदस्यहरूको जिम्मेवारी तोकेको छ। आज बिहान बसेको पदाधिकारी बैठकले नेताहरू जिम्मेवारी तोकेको हो ।

कार्यविभाजनसम्बन्धी प्रस्ताव अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय समिति बैठकमा पेस गर्दै हुनुहुन्छ । अध्यक्ष प्रचण्डलाई समग्र पार्टीको जिम्मेवारी दिएको छ । उपाध्यक्ष महरालाई पार्टी एकता र समाजवादी मोर्चाको जिम्मा दिइएको छ ।

अर्का उपाध्यक्ष अग्निप्रसाद सापकोटालाई प्रचार प्रसारको जिम्मेवारी दिएको छ । यसैगरी पम्फा भुसाललाई जनवर्गीय संगठन हेर्ने जिम्मा दिइएको छ । उपमहासचिवद्वय वर्षमान पुनलाई विशेष प्रदेश इन्चार्ज र उपमहासचिव जनार्दन शर्मालाई बागमती प्रदेश इन्चार्जको जिम्मा दिइएको छ ।

यस्तै सचिव देवेन्द्र पौडेललाई मधेश प्रदेश इन्चार्ज हुनुभएको छ । सुदूरपश्चिममा डिलाराम आचार्य, लुम्बिनीमा मातृका यादव, कोशीमा लिलामणि पोखरेल र कर्णाली प्रदेशमा चन्द्रप्रकाश खनाललाई जिम्मेवारी दिइएको छ ।

यसअघि कोशी प्रदेशमा राम कार्की, मधेश प्रदेशमा गणेश शाह, बागमतीमा हितमान शाक्य, गण्डकीमा हितराज पाण्डे, लुम्बिनीमा चक्रपाणि खनाल, कर्णालीमा कालिबहादुर मल्ल र सुदूरपश्चिममा खगराज भट्ट इन्चार्ज हुनुहुन्थ्यो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *