Main News

माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि

हिमालय टिभी
२०७९ माघ १३ गते ८:५३
माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि

१३ माघ २०७९ काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आज पनि बस्दै छ ।

आज बिहान ११ बजे पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा पार्टी एकता र सङ्गठन बिस्तारका बारेमा छलफल हुने नेता लीलामणि पोखरेलले जानकारी दिनुभयो ।

हिजो सुरु बैठकमा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समसामयिक राजनीतिक परिस्थितिको सम्बन्धमा लिखित प्रतिवेदन पेस गर्नुभएको थियो ।

बैठकमा अध्यक्ष दाहालले निर्वाचन अघिको गठबन्धन छाडेर नेकपा (एमाले) सँग सहकार्य गर्नुपरेको अवस्थाको बारेमा जानकारी गराउनुभएको थियो । बैठकले छलफलका लागि विभिन्न ८ एजेण्डा तय गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *