चैत १३ सम्म मन्त्रिपरिषदलाई पूर्णता दिने माओवादी केन्द्रको निर्णय
![चैत १३ सम्म मन्त्रिपरिषदलाई पूर्णता दिने माओवादी केन्द्रको निर्णय](https://www.himalayatv.com/wp-content/uploads/2021/12/maobadi-peris.jpg)
११ चैत २०७९ काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले यही चैत्र १३ गतेसम्ममा मन्त्रिपरिषदलाई पूर्णता दिने निर्णय गरेको छ ।
पार्टी केन्द्रीय कार्यालयमा पेरिसडाँडामा आज अपरान्ह बसेको पदाधिकारी बैठकले सो निर्णय गरेको हो । पर्सिसम्ममा मन्त्रिपरिषदलाई विस्तार गरी डेलिभरीका कामहरुलाई तीव्रता दिने निर्णय पार्टी पदाधिकारी बैठकले गरेको सचिव देवेन्द्र पौडेलले जानकारी दिनुभयो ।
बैठकमा संसदलाई गतिशील र प्रभावकारी ढंगले अघि बढाउने विषयमा पनि सत्तारुढ दलहरुबीच छलफल गर्ने विषयमा छलफल गरिएको थियो । त्यसैगरी संघीय सरकारको नीति तथा कार्यक्रमसँग जोडेर प्रदेश सरकारलाई पनि गतिशील बनाउनुपर्नेमा नेताहरुले जोड दिनु भएको सचिव पौडेलले बताउनुभयो ।
बैठकमा नेताहरुले पार्टी र सरकारका कामकारबाहीलाई जोडेर अघि बढाउने विषयमा पनि पार्टी अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएका थिए ।
प्रतिक्रिया