फैसला

नेकपा विवादसम्बन्धी फैसला पुनरावलोकन नहुने

१९ चैत २०७७ काठमाडौं । एमाले र माओवादी केन्द्र ब्युँताउने सर्वोच्च अदालतको फैसला पुनरावलोकन नहुने भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन नेकपा एमाले र आफ्नो दलबीचको एकिकरण बदर गर्ने फैसला पुनरावलोकनका लागि सर्वोच्चमा निवेदन दिनुभएको...

सर्वोच्च पुगेर प्रचण्डले भने–फैसला अस्वभाविक, अप्राकृतिक र राजनीतिक प्रकृतिको भयो (भिडियो रिपोर्टसहित)

१७ चैत २०७७ काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्र ब्युँताउने सर्वोच्च अदालतको फैसलाविरुद्धमा नेकपा माओवादी केन्द्रले पुनरावलोकनका लागि निवेदन दर्ता गराएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका नेताहरु र वरिष्ठ अधिवक्ताहरुसहित सर्वोच्च पुगेर निवेदन दर्ता...

नेकपा खारेजको फैसला पुनरवलोकनमा जाने माओवादीको तयारी

१० चैत २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले गत फागुन २३ गतेको सर्वोच्च अदालतको फैलासविरुद्ध पुनरवलोकनमा जाने तयारी थालेको छ । उक्त फैसलाको पुनरवलोकनका लागि आज माओवादीले कानून व्यवसायीसँग पारमर्श गरेको हो । सर्वोच्च अदालतले नेकपा...

सर्वोच्चको फैसला राजनीतिक आग्रहबाट प्रेरितः नेकपा प्रचण्ड–नेपाल समूह

२४ फागुन २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठकले सर्वोच्च अदालतको फैसला राजनीतिक आग्रहले प्ररित भएको निष्कर्ष निकालेको छ । आज पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले सर्वोच्च अदालतले नेकपा आधिकारिकताको सन्दर्भमा गरेको फैसलामा असहमति...

सर्वोच्चको फैसला स्वीकार गर्ने प्रचण्ड–नेपाल समूहको निर्णय, नेपाल समूह एमालेमै फर्कने

२४ फागुन २०७७ काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल समूहले सर्वोच्च अदालतको फैसला स्वीकार गर्ने निर्णय गरेको छ । पेरिसडाँडामा आज बसेको उक्त समूहको स्थायी कमिटी बैठकले सर्वोच्च अदालतको फैसला अनुसार नेकपा नामको पार्टी आफ्नो नरहेको स्वीकार गरेर अघि बढ्ने निर्णय...

सर्वोच्चले मागेको भन्दा बढी फैसला दियोः वरिष्ठ अधिवक्ता बिडारी

२४ फागुन २०७७ काठमाडौं । राष्ट्रियसभाका सदस्य तथा वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले सर्वोच्च अदालतले मागेको भन्दा बढी फैसला दिएको टिप्पणी गर्नु भएको छ । आज काठमाडौंमा भएको एक कार्यक्रममा बिडारीले भन्नुभयो–‘सर्वोच्च अदालतले जुन निर्णय गर्‍यो, देश बिग्रिनुको धेरै कारणभन्दा...

सर्वोच्चको फैसलापछि के भन्छन् ऋषि कट्टेल (भिडियो कुराकानी)

२३ फागुन २०७७ काठमाडौं । नेकपाको नाम पाएका नेकपाका अध्यक्ष ऋषि कट्टेल यो फैसलाबारे के भन्नुहुन्छ ? सहकर्मी विनोद थापा र सिर्जना बरालले नेकपा अध्यक्ष ऋषि कट्टेलसँग भेटेर कुराकानी गरेका छन्–

सर्वोच्चको फैसलाले न्यायलयप्रति जनताको भसोरा बढ्योः सभामुख सापकोटा (भिडियो रिपोर्टसहित)

२३ फागुन २०७७ काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभा विघटन बदर गर्ने सर्वोच्च अदालतको फैसलाले न्यायालयप्रति जनताको भरोसा बढेको बताउनुभएको छ । प्रतिनिधि सभालाई सम्बोधन गर्दै सभामुख सापकोटाले सर्वोच्चको फैसलालाई ऐतिहासिक भन्नुभयो । सर्वोच्चको फैसलाले संविधानमा प्रतिनिधि सभाको...

अदालतको फैसला मान्छौँ, कार्यान्वयन गछौँ : प्रम ओली (भिडियो रिपोर्टसहित)

२३ फागुन २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतको फैसला मान्ने बताउनुभएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनबाट बाहिरिने क्रममा नेकपाबारे सर्वोच्च अदालतले आज गरेको फैसलासँग सम्बन्धित रही सञ्चारकर्मीले राखेको जिज्ञासामा उहाँले सो...

अदालतमा विदा, नेकपा नामको फैसला आज नआउने

२० फागुन २०७७ काठमाडौं । नेकपा नामको आधिकारिकता विवादमा आज आउने भनिएको फैसलाको मिति सरेको छ । पूर्वन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधन भएको शोकमा आज एक दिन देशभरका सबै अदालत बन्द भएसँगै फैसलाको मिति सरेको हो । यसअघि गत बिहीबार...