Main News

जाँदाजाँदै न्यायालयमाथि यसरी खनिए ओली, मिलेमतोमा फैसला आएको दाबी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असार २९ गते १८:३५
जाँदाजाँदै न्यायालयमाथि यसरी खनिए ओली, मिलेमतोमा फैसला आएको दाबी (भिडियो रिपोर्टसहित)

२९ असार २०७८ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सत्ताच्यूत गर्ने सर्वोच्च अदालतको फैसलाप्रति चर्को असन्तुष्टि जनाउँदै न्यायालयको निष्पक्षतामाथि प्रश्न उठाउनुभएको छ ।

प्रधानमन्त्रीका रुपमा देशबासीका नाममा अन्तिम सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतले दलीय व्यवस्थामाथि आक्रमण गरेको, नियन्त्रण र सन्तुलनको अवस्था खलबल्याएको र विपक्षी गठबन्धनको साँठगाँठको फैसला दिएको आरोप लगाउनुभएको हो ।

अदालतले संविधान संशोधन गर्दै प्रतिगामी कदम चालेको प्रधानमन्त्री ओलीको आरोप छ । निश्चित व्यक्तिको आंकाक्षा पूर्ति गर्ने काममा अदालत लागेको ओलीले आरोप लगाउनुभयो ।

अदालतले कानूनको अपव्याख्या गरेर राज्यका तीन अंगबीच हुने सन्तुलन खलबल्याएको र दलीय प्रणालीको आधारभूत संरचना भत्काएको प्रधानमन्त्री ओलीको टिप्पणी छ ।

अदालतमाथि खनिनेक्रममा प्रधानमन्त्री ओलीले आफू विरुद्धको गठबन्धनसित मिलेमतो गरेर फैसला दिएको टिप्पणी गर्नुभयो ।

सर्वोच्च अदालतको भूमिकामाथि प्रश्न उठाउँदै ओलीले अत्यधिक न्यायिक सक्रियता घातक हुने चेतावनी दिनुभयो । हात हाल्नै नपर्ने विषयमा हात हालेको भन्दै ओलीले यसबाट आउने परिणाम अदालतले थेग्न नसक्ने बताउनुभयो ।

अदालतको चर्को आलोचना गरेका प्रधानमन्त्री ओलीले अदालतको फैसला मानेर जाने भन्दै पार्टीका कार्यकर्तालाई संयम रहन अपील पनि गर्नुभयो । कार्यकर्ता अदालतको फैसला विरुद्ध सडकमा उत्रिरहेका बेला ओलीले संयमित रहन अपील गर्नुभएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *