Main News

संसद विघटनविरुद्धको मुद्दा फैसलापछि मात्र पार्टी एक हुने उपाध्यक्ष गौतमको दाबी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असार २७ गते १४:५०
संसद विघटनविरुद्धको मुद्दा फैसलापछि मात्र पार्टी एक हुने उपाध्यक्ष गौतमको दाबी (भिडियो रिपोर्टसहित)

२७ असार २०७८ काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले संसद विघटनको मुद्दामा सर्वोच्चको फैसला आएपछि मात्र पार्टी एक हुने बताउनुभएको छ ।

पार्टीको विवाद समाधानका लागि कार्यदलले काम गरिरहेका बेला राष्ट्रियसभा बैठकमा सम्बोधन गर्दै उपाध्यक्ष गौतमले तत्काल एकता नहुने संकेत गर्नुभएको हो ।

आज बिहान ८ बजे नै सहमति हुने भनिए पनि अहिलेसम्म टुङ्गो लाग्न नसकेको तर्फ इङ्गित गर्दै उहाँले सर्वोच्चको फैसलापछि मात्र पार्टी एक हुने बताउनुभयो ।

आफूले अध्यक्ष केपी शर्मा ओलीसँग पार्टी एकताका लागि जिम्मेवारी मागेको भए पनि त्यो भूमिका नपाएको उपाध्यक्ष गौतमले गुनासो गर्नुभयो । उहाँले सरकारले अध्यादेशबाट ल्याएको बजेट राष्ट्रिय सभामा पेश गर्न र पारित गर्न पनि माग गर्नुभयो ।

राष्ट्रिय सभा र प्रतिनिधि सभाबीच विभेद गर्न नहुने भन्दै उपाध्यक्ष गौतमले प्रतिनिधि सभाका अधिकार राष्ट्रिय सभाले पनि प्रयोग गर्न पाउनु पर्ने माग गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *