Main News

नेपाल र भट्टराईविरुद्धको ललिता निवास जग्गासम्बन्धी मुद्दाको फैसला कात्तिक २५ गते

हिमालय टिभी
२०७८ असोज १८ गते १८:३१
नेपाल र भट्टराईविरुद्धको ललिता निवास जग्गासम्बन्धी मुद्दाको फैसला कात्तिक २५ गते

१८ असोज २०७८ काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई मुद्दा नचलाउने अख्तियार दुरुपयोग अनसुन्धान आयोगको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले आगामी कात्तिक १५ गते फैसला सुनाउने भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र न्यायाधीश नहकुल सुवेदीको संयुक्त इजलासले कात्तिक १५ गते फैसला सुनाउने मिति तोकेको हो ।

नेपाल र भट्टराई प्रधानमन्त्री भएका बेला मन्त्रिपरिषदले काठमाडौंको बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा सार्ने गरी निर्णय गरेको थियो । तर मन्त्रिपरिषदले गरेको निर्णय नीतिगत भन्दै अख्तियारले उनीहरुविरुद्ध भ्रष्टाचार मुद्दा चलाउन नमिल्ने निर्णय गरेको थियो ।

अख्तियारको यो निर्णय कानून विपरीत भएको भन्दै वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो । २०७६ माघमा दायर भएको रिटमा अख्तियार र महान्यायाधिवक्ताको कार्यालयलाई विपक्षी बनाइएको छ ।

ललिता निवासको करीब १ सय ३६ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा गर्न भूमिका खेल्ने तत्कालिन मन्त्री विजयकुमार गच्छदार, चन्द्रदेव जोशी, तत्कालिन सचिव दीप बस्न्यातसहित १ सय ७५ जनालाई प्रतिवादी बनाउँदै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । को थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *