प्रधानन्यायाधीश जबराले पैसा लिएर फैसला गर्ने गरेको अध्यक्ष श्रेष्ठको आरोप (भिडियो रिपोर्टसहित)

६ मंसिर २०७८ काठमाडौं । नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले पैसा लिएर फैसला गर्ने गरेको आरोप लगाउँदै त्यस्ता फैसलाको सूचना उपलब्ध गराउन आग्रह गर्नुभएको छ ।
प्रधानन्यायाधीश राणाको राजीनामा माग्दै सर्वोच्च अदालत परिसरमा भएको धर्नामा अध्यक्ष श्रेष्ठले कानून व्यवसायी तथा सेवाग्राहीलाई राणाले पैसा लिएर फैसला गरेको विषयमा सूचना दिन आग्रह गर्नुभएको हो ।
उहाँले प्रधानन्यायाधीश राणाले गरेका फैसलाहरुले विकृति, विसंगति, बिचौलिया र भ्रष्टाचार भएको आरोप लगाउँदै बारले ती फैसलाको अध्ययन र संकलन गरिरहेको बताउनुभयो ।
अध्यक्ष श्रेष्ठले राज्यको महत्वपूर्ण अंगमा आएको समस्याका बारेमा चुप लागेर बस्ने भए थप आन्दोलनका कार्यक्रम अघि बढाउने चेतावनी दिनुभयो । उहाँले प्रधानन्यायाधीश राणाले धनाढ्यहरुको मुद्यामा मात्रै काम गरिरहेको तर १५(१६ वर्ष अघिका मुद्दा नहेरेको दाबी समेत गर्नुभयो ।
यसैबीच बार एशोसिएशनले प्रधानन्यायाधीश राणाको बहिर्गमनका लागि सहयोग गर्न आग्रह गर्दै सभामुख अग्निप्रसाद सापकोटालाई ज्ञापन पत्र बुझाएको छ ।
सिंहदरबारस्थित संसद सचिवालयमा पुगेर नेपाल बारका पदाधिकारीहरुले जबरालाई पदमुक्त गर्न संसदले सहयोग गर्नुपर्ने बताए । राणाले सडकको दबाबका भरमा राजीनामा दिन्न भनेपछि बारले राजनीतिक दललाई दबाब दिन थालेको छ ।
प्रतिक्रिया