Main News

सर्वोच्चको फैसलाबारे कानून व्यवसायीहरुले के भने ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असार २८ गते १६:३५
सर्वोच्चको फैसलाबारे कानून व्यवसायीहरुले के भने ? (भिडियो रिपोर्टसहित)

२८ असार २०७८ काठमाडौं । सर्वोच्च अदालतको आदेशले संविधानको रक्षा गरेको कानून व्यवसायीले प्रतिक्रिया दिएका छन् ।

संसद पूनस्थापना र कांग्रेससभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने परमादेशपछि अदालत परिसरमा पत्रकारसित उनीहरुले अदालतको आदेशको स्वागत गरेका हुन ।

वरिष्ठ अधिवक्ता डाक्टर चन्द्रकान्त ज्ञवालीले प्रधानमन्त्रीले चाहेर मात्रै विघटन हुन नसक्ने बताउनुभयो ।

सक्रिय हुन खोज्ने राष्टपतिलाई पनि रोक लगाएको उहाँले बताउनुभयो ।

यस्तै अर्का वरिष्ठ अधिवक्ता शम्भु थापाले अदालतले संविधानको रक्षा गरेको बताउनुभयो ।

थापाले अदालतको फैसला सबैले मान्नुपर्ने बताउनुभयो । नमाने त्यसको छिनाफानो जनताले गर्ने पनि उहाँले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *