Main News

विमानस्थलबारे सर्वोच्च अदालतको फैसलालाई अविवेकी निर्णयको संज्ञा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ जेठ १४ गते १८:४२
विमानस्थलबारे  सर्वोच्च अदालतको फैसलालाई अविवेकी निर्णयको संज्ञा (भिडियो रिपोर्टसहित)

१४ जेठ २०७९ काठमाडौं । नेपाली काग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल नबनाउनू भन्ने सर्वोच्च अदालतको फैसलालाई अविवेकी निर्णयको संज्ञा दिनुभएको छ ।

वरिष्ठ नेता पौडेलले अदालतले गरेका कतिपय अविवेकी निर्णयले देश विकासमा अवरोध भएको र सर्वोच्च अदालतको निजगढ विमानस्थल सम्बन्धी निर्णय पनि त्यसकै नमूना भएको आरोप लगाउनुभयो ।

उहाँले निजगढ विमानस्थल बनाउने कुरामा रोक लगाउने निर्णयमाथि अदालतले पुनरावलोकन गर्नुपर्ने बताउनुभयो ।

वरिष्ठ नेता पौडेलले विमानस्थल बनाउने भनिएको स्थानमा बाँकी रहेको जंगललाई जोगाउन सरकार सक्रिय रहनुपर्ने बताउनुभयो ।

उहाँले सर्वोच्च अदालतले गरेको यो निर्णइले देशको विकासको बाटोमा ठूलो अफ्ठ्यारो पार्ने र यस्ता निर्णय हुने हो भने सरकारले काम गर्न नपाउने बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *