Main News

प्रधानन्यायाधीशको फैसलाबाट अन्यायमा परेकालाई सम्पर्कमा आउन बारको आह्वान (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ मंसिर १ गते १७:०५
प्रधानन्यायाधीशको फैसलाबाट अन्यायमा परेकालाई सम्पर्कमा आउन बारको आह्वान (भिडियो रिपोर्टसहित)

१ मंसिर २०७८ काठमाडौं । नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा गरेका विवादित फैसलाबाट अन्यायमा पारेकाहरुलाई ती फैसला उपलब्ध गराउन आव्हान गर्नुभएको छ ।

नेपाल बार एशोसिएशनले सर्वोच्च अदालतमा धर्ना दिनुअघि सम्बोधन गर्दै अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीशबाट अन्यायमा परेकाले फैसला बारलाई उपलब्ध गराउन आव्हान गर्नुभएको हो । प्रधानन्यायाधीश जबराको राजीनामापछि पनि सम्पत्ति विवरण संकलन गरिने र छानबिन हुने उहाँले बताउनुभयो ।

अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीशको निर्देशनमा बारको आन्दोलन प्रतिकुल हुनेगरी काम भइरहेको आरोप लगाउनुभयो । जबराको निर्देशनमा बिचौलियाहरु बारको आन्दोलनविरुद्ध लागेको भन्दै उहाँले बारको आन्दोलन विरुद्ध नलाग्न चेतावनी दिनुभयो ।

उहाँले प्रधानन्यायाधीशको राजीनामा नआएसम्म बारले देशभर आन्दोलन गर्ने बताउनुभयो । नेपाल बार एशोसिएशनको अगुवाइमा कानून व्यवसायीहरुले प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै सर्वोच्चको मुल गेटमा प्रदर्शन गरेका छन् ।

उनीहरु नाराबाजी गर्दै सर्वोच्च परिसरमा प्रवेश गरेका थिए । त्यसक्रममा प्रहरी र वकिलहरुबीच केहीबेर ठेलमठेलको अवस्था सिर्जना भएको थियो । विगत केही दिनदेखि यो क्रम जारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *