Political Hightlights
सर्वोच्चको फैसला इतिहासमै एउटा महत्वपूर्ण परिघटनाः अध्यक्ष प्रचण्ड (भिडियो रिपोर्टसहित)
२०७८ असार २८ गते १७:२७

२८ असार २०७८ काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतको फैसलाको स्वागत गर्दै यसले संविधान र राष्ट्रको गरिमा उँचो बनाएको बताउनुभएको छ ।
अध्यक्ष प्रचण्डले यो फैसलालाई नेपाल र नेपाली नागरिकको जितको संज्ञा दिनुभयो । पटकपटकको संसद विघटन र संविधानमाथि भएको प्रहारबाट आम नेपाली नागरिक आजित भएको बताउँदै उहाँले अदालतको आदेशलाई इतिहासले सम्मान गरिराख्ने बताउनुभयो ।
उहाँले अहिलेको विपक्षीको ५ दलीय गठबन्धन अझै बलियो भएर जाओस भन्ने कामना गर्नुभयो । कुनै पनि पार्टी फुटोस् भनेर आफूले नचाहेको तर नेकपा एमाले माधवकुमार नेपालको नेतृत्वमा आए हुन्थ्यो भन्ने आफूले चाहेको उहाँले बताउनुभयो ।
उहाँले गठबन्धनले देश र नागरिकको भावना अनुसार शासन सञ्चालन गर्ने पनि बताउनुभयो ।
प्रतिक्रिया