Political Hightlights

एमालेको नेपाल–खनाल समूहले बोलायो केन्द्रीय सदस्यहरुको बैठक

१९ साउन २०७८ काठमाडौं । नेकपा एमालेको नेपाल-खनाल समूहले आफू पक्षधर केन्द्रीय सदस्यको बैठक बोलाएको छ । वरिष्ठ नेता माधवकुमार नेपालले भोलि बिहान ११ बजे शंखमुलस्थित क्वालिटी पार्टी प्यालेसमा बैठक बोलाएको केन्द्रीय सदस्य रचना खड्काले जानकारी दिनुभयो । बैठकमा...

अध्यक्ष मिश्रको प्रस्तावविरुद्ध आफ्नै पार्टीका चार नेताले गरे यस्तो प्रतिवाद (भिडियो रिपोर्टसहित)

१९ साउन २०७८ काठमाडौं । विवेकशील साझा पार्टीमा अध्यक्ष रविन्द्र मिश्रको दस्तावेजलाई काउन्टर दिँदै चारजना नेताले अर्को प्रस्ताव ल्याएका छन् । प्रस्तावमा जनआन्दोलनको उपलब्धीलाई उल्ट्याउने आफूहरुको कार्यभार नभएको भनिएको छ । ‘लोकतन्त्रमाथि प्रश्न गर्दै हिँड्नु र शाहीतन्त्रका पाउमा वैकल्पिक...

लुम्बिनीका मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

१९ साउन २०७८ रुपन्देही । लुम्बिनी प्रदेशमा विपक्षी गठबन्धनले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको छ । विपक्षी नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका ३४ जना सांसदले हस्ताक्षर गरेर प्रदेशसभामा आज अविश्वास प्रस्ताव दर्ता...

सत्तारुढ गठबन्धन कार्यदलको बस्ने दोस्रो बैठकले साझा कार्यक्रम टुङ्गो लगाउने

१९ साउन २०७८ काठमाडौं । सत्तारुढ गठबन्धन कार्यदलको आज बस्ने दोस्रो बैठकले न्यूनतम साझा कार्यक्रम र सरकार सञ्चालन कार्यविधि तय गर्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको कार्यदलको बैठकमा यस विषयमा गम्भीर छलफल भई आजै टुङ्गो...

लुम्बिनीमा सरकार परिवर्तनका लागि यस्तो दौडधुप

१९ साउन २०७८ रुपन्देही । लुम्बिनी प्रदेशमा सरकार परिवर्तनका लागि विपक्षी दलहरुको दौडधुप शुरु भएको छ । यहाँका विपक्षी दलले वर्तमान सरकार अल्पमतमा परेको भन्दै नयाँ सरकार गठनको प्रक्रिया थालेका हुन् । बहुमतको सरकार गठनको माग गर्दै ध्यानाकर्षण गराएका...

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले वरिष्ठ नेता नेपालबीच भेटवार्ता

१९ साउन २०७८ काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले आजै नेपालसँग भेटवार्ताको तयारी गरेका बेला प्रचण्डले पनि भेटघाट गर्नु भएको हो...

एमाले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच आज भेटवार्ताको तयारी

१९ साउन २०७८ काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तथा वरिष्ठ नेता माधवकुमार नेपालबीच आज भेटवार्ता हुने भएको छ । स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङकाअनुसार दुई नेताबीच भेटवार्ता हुने तयारी भएको भए पनि समय...

पार्टी एकता वार्ता चलिरहँदा एमाले संस्थापनद्वारा एकलौटी ९ वटा विभाग गठन (भिडियो रिपोर्टसहित)

१८ साउन २०७८ काठमाडौं । विधान अधिवेशनको तयारीमा जुटेको नेकपा एमालेले पार्टीका नौं वटा विभागहरु गठन गरेको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा आज बसेको पार्टी स्थायी समिति बैठकले पार्टीका विभिन्न नौैं वटा विभागहरु गठन गरेको हो...

पूर्वमाओवादी नेताको सांसद पद पुनर्बहाली गर्न सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

१८ साउन २०७८ काठमाडौं । सर्वोच्च अदालतले माओवादी केन्द्रबाट निष्कासनमा परेका चार सांसदको पद पुनर्बहाली गर्न अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले माओवादी परित्याग गरी एमाले प्रवेश गरेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह...

माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित

१८ साउन २०७८ काठमाडौं । नेकपा माओवादी केन्द्रको आज बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगित भएको छ । नेताहरुको कार्यव्यस्तताका कारण बैठक स्थगित गरिएको माओवादी केन्द्रले जनाएको छ । अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरिएको माओवादी केन्द्रीय कार्यालयका...