Political Hightlights

लुम्बिनी प्रदेश सभा– ५ महिनादेखि किन बस्न सकेन बैठक ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ चैत ७ गते १८:४०
लुम्बिनी प्रदेश सभा– ५ महिनादेखि किन बस्न सकेन बैठक ? (भिडियो रिपोर्टसहित)

७ चैत २०७८ बुटवल । लुम्बिनी प्रदेश सभाको बैठक ५ महिनादेखि बस्न सकेको छैन । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोध र सरकारले विजनेश दिन नसक्दा प्रदेश सभा बैठक अनिश्चित भएको हो ।

सरकार बनाउने र ढलाउने मात्रै होइन कानून बनाउने र जनताको आवाज बोल्ने ठाउँ हो संसद । तर लुम्बिनी प्रदेश सभा बैठक कात्तिक २९ गतेदेखि बस्न सकेको छैन । प्रमुख प्रतिपक्षी नेकपा एमालेको निरन्तर संसद अवरोध र प्रदेश सरकारले विजनेश दिन नसक्दा लुम्बिनी प्रदेश सभाको बैठक बस्न नसकेको हो ।

मुख्यमन्त्री कुलप्रसाद केसीको नेतृत्वमा सरकार गठन भएपछि एमालेले संसद निरन्तर अवरुद्ध गर्दै आएको छ । नवौं अधिवेशनमा बाह्रवटा बैठक बस्यो । सबै बैठकमा एमालेले अवरोध गरेको थियो । प्रदेश सरकारले पनि संसदलाई दिने बिजनेश तयार गर्न सकेको छैन ।

एमालेले प्रतिनिधि सभामा जस्तै लुम्बिनी प्रदेशमा पनि आफूले कारबाही गरेका सांसदलाई पदमुक्त नगरेसम्म संसद चल्न नदिने अडान राखेको छ ।

एमालेले प्रदेश सभा सदस्य अजय शाही र विमला वलीलाई पदमुक्त गरेको सूचना संसदबाट आउनु पर्ने माग गरिरहेको छ । तर दुई सांसदको कारबाहीको मुद्दा सर्वोच्च अदालतमा बिचाराधिन छ । सरकारले संसद चलाउने वातावरण बनाउनुको त परको कुरा आफूहरुसँग संवाद नै नगरेको आरोप लगाएको छ ।

सत्ता पक्ष र प्रतिपक्षको टकराबका कारण संसद बन्दक बनेको छ । सरकारले संसद खुलाउन नसक्नु र प्रतिपक्षले आफ्ना माग राखेर संसदलाई निरन्तर अवरोध गर्दै जाँदा प्रदेशलाई चाहिने कानून निर्माण हुन सकेको छैन ।जनताको आवाज लामो समयदेखि संसदमा उठ्न सकेको छैन ।

संसद स्थगित भएको ६ महिना भित्र संसद बैठक आह्वान गर्नु पर्ने संबैधानिक ब्यवस्था छ । अहिलेसम्म लुम्बिनी प्रदेश सभामा ७४ वटा विधेक दर्ता भएको मध्ये ६७ वटा प्रमाणिकरण भइसकेको छ । २ वटा विधेयक बिचाराधिन र एउटा प्रदेशसभामा पेश हुन बाँकी छ । सरकारले प्रदेश प्रहरीसम्बन्धि विधेक र सञ्चार सम्बन्धि विधेक संसदमा लैजाने तयारी गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्