Political Hightlights

प्रचण्ड आज दुई दिन एकान्तबासमा जाँदै

२० मंसिर २०७८ काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आजदेखि दुई दिन एकान्तवासमा जानुहुने भएको छ । पार्टीको राष्ट्रिय सम्मेलन, प्रदेश सम्मेलनको तयारी र अध्ययनका लागि प्रचण्ड काठमाडौँ उपत्यका नजिक कुनै एकान्त स्थानमा जाने तयारीमा रहेको...

कांग्रेसको ४ प्रदेशमा संस्थापन पक्ष हावी, २ प्रदेशमा इतरपक्षको जित

२० मंसिर २०७८ काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत ६ वटा प्रदेशको नेतृत्व छानिएको छ । प्रदेश १ मा संस्थापन पक्षका उम्मेदवार उद्धव थापा सभापतिमा निर्वाचित हुनुभएको छ । निर्वाचित थापाले ८ सय ४४ मत ल्याउनुभएको छ भने सभापति...

कागजमा स्रेस्ता मिलाएर होइन, योगदानका आधारमा जिम्मेवारी र कार्यमूल्याङ्कन हुन्छ : अध्यक्ष लिङ्देन

१९ मंसिर २०७८ काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नवनिर्वाचित अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले पार्टीमा उत्पन्न परिस्थितिका कारण विभिन्न कालखण्डमा बाहिरिएका सम्पूर्ण नेता तथा कार्यकतालाई माउ पार्टीमा फर्कन आह्वान गर्नुभएको छ । नवनिर्वाचित पदाधिकारी एवं केन्द्रीय सदस्य शपथ तथा प्रमाणपत्र वितरण...

कांग्रेस प्रदेश अधिवेशनः तीन प्रदेशको मतपरिणाम सार्वजनिक

१९ मंसिर २०७८ काठमाडौं । नेपाली कांग्रेसको प्रदेशसभा अधिवेशनमा तीनवटा प्रदेशको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । प्रदेशको नेतृत्व चयनका लागि हिजो मतदान भएका ६ प्रदेशमध्ये ३ वटाको अन्तिम नजिता आएको हो । जसमध्ये २ वटा प्रदेशमा देउवा...

पार्टीलाई एकढिक्का बनाएर अघि बढ्ने कांग्रेस प्रदेश सभापतिहरुको प्रतिबद्धता (भिडियो रिपोर्टसहित)

१९ मंसिर २०७८ काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापतिहरुले पार्टीलाई एक ढिक्का बनाएर अघि बढ्ने बताएका छन । गण्डकी प्रदेशका नवनिर्वाचित सभापति शुक्रराज शर्माले कांग्रेसलाई बलियो बनाउने बताउनुभएको छ । उहाँले वडातहदेखि केन्द्रसम्म कांग्रेसलाई बलियो बनाउनमा भूमिका खेल्ने बताउनुभयो...

अध्यक्ष निर्वाचित भएपछि लिङ्देनले भने–पार्टीलाई फरक ढंगले अघि बढाउछु

१९ मंसिर २०७८ काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीलाई फरक ढंगले नेतृत्व दिने दाबी गर्नुभएको छ । अध्यक्षमा निर्वाचित भएपछि आयोजित सभामा लिङदेनले पार्टीलाई सही दिशा दिने र नेता, कार्यकर्ताको शिर झुक्न नदिने प्रतिबद्धता...

एमाले सरकारमा जान एक वर्ष पनि पर्खन नपर्ने अध्यक्ष ओलीको दाबी (भिडियो रिपोर्टसहित)

१८ मंसिर २०७८ काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारमा आउन एक वर्ष पनि पर्खनु नपर्ने बताउनु भएको छ । पूर्वप्रधानमन्त्रीसमेत रहनु भएका अध्यक्ष ओलीले ढिलोमा पनि एक वर्षभित्र मुलुकमा निर्वाचन हुने...

एमसीसी र प्रधानन्यायाधीशविरुद्धको महाभियोग राष्ट्रिय सहमतिबिना अघि बढ्दैनः प्रचण्ड (भिडियो रिपोर्टसहित)

१८ मंसिर २०७८ काठमाडौं । सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दलहरुबीचको सहमतिविना प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध संसदमा महाअभियोग प्रस्ताव ल्याउने अवस्था नरहेको बताउनु भएको छ । अध्यक्ष प्रचण्डले यही मंसिर २८ गते बोलाइएको संघीय संसदको...

कांग्रेस प्रदेशका आकांक्षीहरु भन्छन्, – पार्टी विधिसम्मत तरिकाले चलेन (भिडियो रिपोर्टसहित)

१७ मंसिर २०७८ काठमाडौं । देश संघीय संरचनामा प्रवेश गरेपछि नेपाली कांग्रेसले पहिलो पटक निर्वाचन मार्फत पार्टीको प्रादेशिक संरचना बनाउन लागेको छ । प्रदेश २ बाहेक ६ वटा प्रदेशमा पदाधिकारी तथा सदस्यहरुमा उम्मेदवारी दर्ता गरिएको छ । प्रदेशमा उम्मेदवारी...

राप्रपाको अध्यक्षका लागि थापा र लिङ्देनद्वारा प्यानलसहित उम्मेदवारी दर्ता

१७ मंसिर २०७८ काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको एकता महाधिवेशनअन्तर्गत आज उम्मेदवारी दर्ता गरिएको छ । बिहान ११ बजेदेखि सुरु भएको उम्मेदवारी दर्ता सकिएको छ । निवर्तमान अध्यक्ष कमल थापा र निवर्तमान महामन्त्री राजेन्द्र लिङ्देनले अध्यक्षमा उम्मेदवारी दर्ता...