Political Hightlights
आगामी निर्वाचनमा एमालेले सबैभन्दा ठूलो सजाय पाउनुपर्छ : नेता खनाल (भिडियो रिपोर्टसहित)
२०७८ चैत ५ गते १६:३४
५ चैत २०७८ काठमाडौं । सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आगामी निर्वाचनमा नेकपा एमालेले सबैभन्दा ठूलो सजाय पाउनुपर्ने बताउनु भएको छ ।
काठमाडौंमा आज भएको कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका खनालले संसद विघटन गरेर संविधानको उलंघन गर्ने केपी ओलीलाई आगामी निर्वाचनमा नेपाली जनताले सबैभन्दा ठूलो सजाय दिनुपर्ने बताउनु भयो ।
खनालले आगामी निर्वाचनमा सत्तारुढ दलहरुबीच खासखास ठाउँमा मात्रै चुनावी तालमेल हुने भन्दै आफ्नै खुट्टामा उभिएर निर्वाचनमा विजयी हुने गरी तयारी गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनुभयो ।
प्रतिक्रिया