Political Hightlights

एमाले नेतृत्वको सरकार हटाउन विश्वभरका स्याल एक भएको अध्यक्ष ओलीको आरोप (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ फागुन २३ गते १९:००
एमाले नेतृत्वको सरकार हटाउन विश्वभरका स्याल एक भएको अध्यक्ष ओलीको आरोप (भिडियो रिपोर्टसहित)

२३ फागुन २०७८ पोखरा । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशभित्र र बाहिरका प्रतिक्रियावादी शक्तिहरु मिलेर आफू नेतृत्वको सरकारलाई हटाएको बताउनु भएको छ ।

अध्यक्ष ओलीले एमाले नेतृत्वको सरकार ढलाउन संसारभरका स्यालहरु एक भएको भन्दै उनीहरुविरुद्ध प्रतिवाद गरेर अघि बढन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनुभयो ।

पोखरामा भएको एक कार्यक्रममा बोल्दै उहाँले एमाले नेतृत्वको सरकारले राम्रो काम गर्दागर्दै प्रतिक्रियावादीहरु मिलेर ढालिदिएको बताउनुभयो । अध्यक्ष ओलीले एक हुल स्यालको प्रसंग निकाल्दै भन्नुभयो, ‘स्यालको यस्तो धर्म हुन्छ, एउटा स्याल कराएपछि त्यो सुनेपछि सबैले ठाडो घाँटी लगाएर ‘हुहु’ गर्नुपर्छ नत्र टाउको फुटेर मर्छ । त्यसकारण दुनियाँभरका स्यालहरु हाम्राविरुद्ध ठाडो घाँटी लगाएर हुहु गरे । त्यसको वैचारिक र व्यवहारिक ढंगले जवाफ दिनुपर्छ ।’

अध्यक्ष ओलीले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाललाई ‘हाडीघोप्टे’को संज्ञा दिनुभयो । मानव अधिकारको रक्षामा आफ्नो पार्टी विश्वभरकै अवधारणाभन्दा अगाडि रहेको उहाँको दावी थियो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘कुनै संस्थाबाट मान्छे फुट्यो भने नाम एकीकृत राख्छ । जो चाहीँ हाँडिघोप्टे छ, उसले समाजवादी नाम राख्छ । आजको समय त्यस्तो छ । तर, हामी फेसनको पछि होइन, तर्कको पछि लाग्छौं । वास्तविक रुपान्तरणका लागि लाग्छौं । विश्वभरका मानवअधिकार अवधारणाभन्दा एमाले एक कदम अगाडी छ ।’

अध्यक्ष ओलीले अरुले एमालेको उचाई प्राप्त गर्न पनि नसक्ने तर इर्स्या गरिरहने चलनै भएको बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्