Political Hightlights

आगामी चुनावमा कांग्रेसलाई १३ सिटमा सीमित पार्ने एमाले अध्यक्ष ओलीको जिकिर (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ चैत ५ गते १५:०५
आगामी चुनावमा कांग्रेसलाई १३ सिटमा सीमित पार्ने एमाले अध्यक्ष ओलीको जिकिर (भिडियो रिपोर्टसहित)

५ चैत २०७८ काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच वर्षअघि २३ मा झरिसकेको कांग्रेसलाई आगामी चुनावमा १३ सिटमा झारिदिने दाबी गर्नुभएको छ ।

एमाले सम्पर्क समन्वय कमिटीले आज काठमाडौमा गरेको कार्यक्रममा अध्यक्ष ओलीले कांग्रेसलाई ६० वर्षमाथिका नागरिकले मत नदिने र युवाले त झन भोट हाल्नुपर्ने कारण नभएको तर्क गर्नुभयो ।

पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले अहिलेको गठबन्धनलाई जनताको आँगनमा लगेर पछार्नुपर्ने बताउनुभयो । उहाँले अदालतको आदेशमा बनेको सत्ता गठबन्धनलाई जनताको घरघरमा जाने अधिकार नै नभएको जिकिर गर्नुभयो ।

अध्यक्ष ओलीले नेकपा एकीकृत समाजवादी पार्टी नै नबनेको भन्दै यही चुनावमै समाप्त हुने टिप्पणी गर्नुभयो । माओवादी केन्द्रलाई यसअघि एमालेले बचाइ दिएको अध्यक्ष ओलीको दाबी छ ।

अध्यक्ष ओलीले लाह छाप लगाए पनि कोठाभित्र राखेका मतपेटिकाको भर नहुने भन्दै गठबन्धनका विरुद्ध पहरेदारी गर्न पनि कार्यकर्तालाई निर्देशन दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्