Political Hightlights

राष्ट्रिय राजनीति दुई ध्रुवमा परिणत भयोः वरिष्ठ उपाध्यक्ष पोखरेल (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ फागुन २८ गते १६:५२
राष्ट्रिय राजनीति दुई ध्रुवमा परिणत भयोः वरिष्ठ उपाध्यक्ष पोखरेल (भिडियो रिपोर्टसहित)

२८ फागुन २०७८ काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राष्ट्रिय राजनीति दुई ध्रुवमा परिणत भएको दाबी गर्नुभएको छ ।

आज काठमाडौंको विश्वशान्ति चिरन मिलन क्याम्पसको रजत जयन्तीको अवसरमा बोल्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले राष्ट्रिय राजनीति दुई पोलमा ध्रुवीकरण हुनु दुर्भाग्य भएको बताउनुभयो । वरिष्ठ उपाध्यक्ष पोखरलले नेकपा एमालेले एउटा ध्रुवको राजनीति जनताको साथ लिएर जनताको हकहितका लागि गरेको र अर्को ध्रुवको राजनीति गठबन्धनले आफ्नो स्वार्थपूर्तिका लागि गरिरहेको बताउनुभयो ।

पोखरेलले भन्नुभयो, ‘राष्ट्रिय राजनीतिमा जुन खालका समस्याहरु देखा परेका छन्, यो राष्ट्रिय राजनीतिको दुई वटा पोलमा परिणत भएको छ । यो दुर्भाग्य भन्नुहोस्, बिडम्बना भन्नुहोस्, दुई वटा पोलमा पोलराइज भएको छ ।

पोखरेलले राजनीतिमा देखिएका विकृति र विसंगतिलाई चिर्न सबैले खबरदारी गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्