Political Hightlights
देश कता लैजाने भन्ने निर्णायक भूमिकामा माओवादी रहेको अध्यक्ष प्रचण्डको दाबी (भिडियो रिपोर्टसहित)
२०७८ फागुन २७ गते १३:२९

२७ फागुन २०७८ काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी देशलाई कता लैजाने भन्ने निर्णायक भूमिकामा रहेको दाबी गर्नुभएको छ ।
सुर्खेत विमानस्थलमा आज बिहान पत्रकारसँग प्रचण्डले देश माओवादीकै एजेण्डामा चलिरहेकाले राष्ट्रिय राजनीति पनि माओवादीकै हातमा रहेको बताउनुभयो ।
अध्यक्ष प्रचण्डले एमसीसी पारित गरेर देशलाई दुर्घटनाबाट बचाएको जिकिर गर्नुभयो । उहाँले आउँदो स्थानीय तहको निर्वाचनसम्म मात्रै नभइ गठबन्धन लामो समय कायम रहने जिकिर गर्नुभयो ।
अध्यक्ष प्रचण्ड माओवादीको कर्णाली प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्न सुर्खेत जानुभएको हो ।
प्रतिक्रिया