Political Hightlights

माओवादी सधैं राजनीतिक संकट मोचकको भूमिकामा देखिएको प्रचण्डको दाबी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ फागुन २८ गते १९:०५
माओवादी सधैं राजनीतिक संकट मोचकको भूमिकामा देखिएको प्रचण्डको दाबी (भिडियो रिपोर्टसहित)

२८ फागुन २०७८ काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा माओवादी नेपालको राजनीतिमा सधैं सङ्कट मोचकको भूमिकामा देखिएको दाबी गर्नु भएको छ ।

नुवाकोटको विदुरमा पोष्टबहादुर बोगटीको शालिक आज अनावरण गर्दै अध्यक्ष प्रचण्डले शान्ति प्रक्रिया, संविधान निर्माणदेखि एमसीसी विवादमा माओवादीले सङ्कट मोचकको भूमिका खेलेको दाबी गर्नुभयो ।

व्याख्यात्मक घोषणामार्फत् एमसीसी अनुमोदन गरेर देशलाई संकटबाट जोगाएको पनि प्रचण्डको जिकिर थियो।

एमसीसीमा विभाजित राजनीति र देशलाई एकतावद्ध गरिएको भन्दै उहाँले १२ बुँदे घोषणाले नयाँ बाटो निकालेको उल्लेख गर्नुभयो ।

माओवादीमा देशलाई निकास दिन अगाडि बढ्नुपर्ने अवस्था रहेको दाबी गर्नुभयो । शान्ति सम्झौता विशेषगरी सेना समायोजनमा आफूले ठूलो जोखिम मोलेको उहाँको भनाइ थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्