Political Hightlights

सर्वोच्च अदालतमा अपत्यारिलो ढंगले गोरु ब्याएको अध्यक्ष ओलीको टिप्पणी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ फागुन २७ गते १८:३९
सर्वोच्च अदालतमा अपत्यारिलो ढंगले गोरु ब्याएको अध्यक्ष ओलीको टिप्पणी (भिडियो रिपोर्टसहित)

२७ फागुन २०७८ पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतमा अपत्यारिलो ढंगबाट गोरु ब्याएको टिप्पणी गर्नुभएको छ ।

पोखरामा प्रेस चौतारी नेपालको नवौं महाधिवेशनमा अध्यक्ष ओलीले सर्वोच्च अदालतमा अहिले गोरु ब्याएको मात्र नभइ पाँच वटा गठबन्धनरुपी बाच्छा पाएको बताउनुभयो ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीको यो भनाइ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन अदालतले परमादेश दिएकोप्रति लक्षित हो । अध्यक्ष ओलीले अहिले संविधान, जनादेशको माहोल र जनतामा रहेको सार्वभौम सत्ताको मजाक गरिएको बताउनुभयो ।

अध्यक्ष ओलीले अहिले नेपालका राजनीतिक शक्ति दुई धारमा बाँडिएको बताउनुभयो । उहाँले राजनीतिक शक्तिहरु एउटा लोकतन्त्रको पक्षमा र अर्को जालीझेली षड्यन्त्रमा लागि परेको बताउनुभयो ।

अध्यक्ष ओलीले तत्कालीन नेकपाका बेला जंगे बनेका पुष्पकमल दाहाल ’प्रचण्ड’ र माधवकुमार नेपाल अहिले बुंगे भएको टिप्पणीसमेत गर्नुभयो ।

उहाँले सरकार ढालेँ भन्नेहरु अहिले ढोका बाहिर कसैले प्रसाद दिन्छन् कि भनेर बसिरहेको पनि बताउनुभयो । नयाँ नेतृत्व चयनका लागि प्रेस चौतारी नेपालको नवौं राष्ट्रिय महाधिवेशन आज पोखरामा शुरु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्