Political Hightlights
माओवादीमा थप ९७ जना केन्द्रीय सदस्यको नाम प्रस्ताव
२०७८ फागुन २३ गते १५:०८

२३ फागुन २०७८ काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा थप ९७ केन्द्रीय सदस्यको नाम प्रस्ताव गरिएको छ ।
बत्तिसपुतलीस्थित एक पार्टी प्यालेसमा जारी केन्द्रीय कमिटी बैठकमा केन्द्रीय कमिटीका लागि थप ९७ जनाको नाम प्रस्ताव गरिएको हो ।
गत पुसमा सम्पन्न महाधिवेशनले केन्द्रीय कमिटी २ सय ९९ सदस्यीय बनाउने निर्णय गरेको थियो । महाधिवेशनको पहिलो बैठकले २ सय ३७ केन्द्रीय सदस्य मनोनित गरेको थियो ।
जारी बैठकले पदाधिकारीको टुंगो लगाउने भनिए पनि यसपटक पदाधिकारीको काम भने थाँती राख्ने तयारी छ ।
बैठकले पार्टीको स्थायी कमिटी गठन गर्ने र आगामी चुनावका लागि कार्यकर्ता परिचालनबारे निर्णय गर्ने बताइएको छ ।
प्रतिक्रिया