Political Hightlights

कांग्रेसले घोषणा गर्‍यो यस्तो चुनावी अभियान (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ फागुन २४ गते १८:२५
कांग्रेसले घोषणा गर्‍यो यस्तो चुनावी अभियान (भिडियो रिपोर्टसहित)

२४ फागुन २०७८ काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन केन्द्रित एक महिने कार्यक्रम सञ्चालन गर्ने भएको छ।

आज पार्टी पदाधिकारीसहित राजधानीमा उपलब्ध केन्द्रीय सदस्यहरुको बैठकमा एक महिने अभियानबारे जानकारी गराइएको हो ।

‘घरघर जाउँ, कांग्रेस जिताऔं’ अभियान फागुन २९ गतेदेखि एक महिनासम्म सञ्चालन हुनेछ। केन्द्रीय समितिले ७७ जिल्लामा प्रतिनिधिहरु समेत खटाएको छ ।

सबै जिल्लामा खटिने केन्द्रीय सदस्यहरु अभियान शुरु हुनुभन्दा दुई दिनअघि जिल्लामा पुगिसक्नुपर्ने कार्यतालिका छ ।

यसैगरी अभियानकै क्रममा कांग्रेसले स्थानीय तहको निर्वाचन आफ्नो पक्षमा पार्न नेकपा सरकारको तीन वर्षे कार्यकालमा भएका अनियमितता जनता समक्ष व्यापक बनाउने र कांग्रेस नेतृत्वको वर्तमान सरकारको नेतृत्वमा संसदबाट पारित भएको एमसीसीबारे वास्तविकता प्रष्टसँग राख्ने भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्