चीन पुगेका परराष्ट्रमन्त्री खनालले के भने ?
काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनाल चारदिने भ्रमणका लागि चीन पुग्नु भएको छ ।
बेइजिङमा परराष्ट्रमन्त्री खनालले आज नेपाली समूदायसँग छलफल गर्नुभयो । उहाँले समकक्षी वाङ यीसँग बीआरआई वा अन्य द्विपक्षीय सम्झौता अन्तर्गतका परियोजना केन्द्रित छलफल गर्ने बताउनु भएको छ ।
नेपाली समुदायले गरेको स्वागत कार्यक्रममा खनाललले बीआरआई लगायतका विषयमा आफ्ना प्राथमिकताबारे उल्लेख गर्नुभयो । उहाँले कुनै पनि परियोजना अघि बढाउँदा नेपाललाई कति प्रतिफल प्राप्त हुन्छ र त्यसको वित्तीय ढाँचा के हुन्छ भन्नेमा ख्याल गर्नुपर्ने बताउनुभयो । नेपालले आवश्यक ठानेका कनेक्टिभिटी, इन्फ्रास्ट्रक्चर, ट्रेड, टुरिजम र टेक्नोलोजीसँग सम्बन्धित विषयमा चीनसँग सहकार्य गर्ने उहाँको भनाइ छ । उहाँले चिनियाँ परराष्ट्रमन्त्री वाङसँग भोलि भेटवार्ता गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया