Political Hightlights

आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउने अध्यक्ष ओलीको दाबी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ चैत ८ गते १७:३२
आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउने अध्यक्ष ओलीको दाबी (भिडियो रिपोर्टसहित)

८ चैत २०७८ काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याउने दावी गर्नु भएको छ ।

आज काठमाडौंमा पूर्वमन्त्री प्रेमबहादुर सिंह, अभिनेत्री करिश्मा मानन्धरलगायतलाई पार्टीमा प्रवेश गराउँदै अध्यक्ष ओलीले आगामी निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याउने भन्दै तयारीमा जुटन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनुभयो ।

मधेशले समृद्धि खोजेको उल्लेख गर्दै उहाँले सो काम एमालेले मात्रै पूरा गरेर देखाउने बताउनुभयो । अध्यक्ष ओलीले जय मधेश भन्ने नै एमालेले भएको पनि जिकीरसमेत गर्नुभयो । एमाले नेतृत्वको सरकारले मधेशको विकासका लागि काम गरेको उहाँको दावी थियो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘आगामी इलेक्सनमा हामी बहुमत ल्याउछौं । र, ल्याउनुपर्छ यस देशका लागि । म साथीहरुलाई आग्रह गर्न चाहन्छु– हामीले बहुमत ल्याउनपर्छ, ल्याउने गरी लाग्नुस् । देश र जनताको हितका लागि पनि एमालेले बहुमत ल्याउनुपर्छ । समृद्ध नेपाल बनाउनुपर्छ । यहाँ शिव पटेलजीले जय मधेश भन्ने पुरानो बानी छ भन्नुभयो । अब जय मधेस भन्ने नै एमालेले हो । मधेशको जय गर्नै एमालेले हो । मधेसले समृद्धि खोजेको छ, त्यसको नेतृत्व एमालेले गर्छ ।’

अध्यक्ष ओलीले एमाले किन प्रवेश गरिएछ भनेर पछुताउनुपर्ने अवस्था हुन नदिने प्रतिवद्धतासमेत व्यक्त गर्नुभयो । सिंगो देशको हित गर्ने एमालेमा प्रवेश गरेकाहरुको हित नहुने भन्ने हुनै नसक्ने उहाँको तर्क थियो ।

अध्यक्ष ओलीले एमालेमा प्रवेश गर्नेहरुको लहर नै चलेको उल्लेख गर्दै उनीहरुलाई आफ्नो पार्टीले देशको हितमा काम गरेकोमा सन्तुष्टि मिल्ने बताउनुभयो ।

समाजवादी जनता पार्टीनै एमालेमा समाहित गर्नु भएका पूर्वमन्त्री प्रेमबहादुर सिंहले केपी ओलीजस्तो दूरदृष्टि र राष्ट्रवादी नेताको नेतृत्वमा राष्ट्र निर्माणका काममा समाहित हुन एमाले प्रवेश गर्नु परेको बताउनु भयो । त्यस अवसरमा उहाँले आफ्नो पार्टी र आफ्नो प्रवेशले एमालेलाई झनै सुदृढ बनाउन सहयोग पुग्ने विश्वास समेत व्यक्त गर्नु भयो ।

चर्चित अभिनेत्री करिश्मा मानन्धरले केपी ओलीको देश र जनताप्रतिको प्रतिवद्धता र त्यसका लागि आवश्यक क्षमता र कौशलताका कारण आफू एमाले प्रवेश गरेको बताउनु भयो । उहाँले कुनै पदभन्दा पनि एमालेमा रहेर देशको हितमा काम गर्ने चाहना आफूमा रहेको पनि बताउनु भयो ।

अभिनेत्री मानन्धरले एमालेको गुणगान गाउनेहरु देशभर रहेकाले पनि आफूलाई सो पार्टीमा प्रवेश गर्न प्रेरित गरेको बताउनु भयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्