गृहमन्त्री

यसरी कमजोर भयो गृहमन्त्री थापा राष्ट्रिय सभामा निर्वाचित हुने सम्भावना (भिडियो रिपोर्टसहित)

२४ वैशाख २०७८ काठमाडौं । नेकपा एमालेको ओली समूहले जित्ने निश्चित भए मात्र रामबहादुर थापालाई राष्ट्रिय सभा सदस्यमा उम्मेदवार बनाउने निर्यण गरेको छ । यो निर्णयले ओली समूह राष्ट्रिय सभा उपचुनाव जित्नेमा ढुक्क छैन भन्ने बुझिन्छ । बागमती प्रदेशबाट...

सांसद पदबाट बर्खास्त थापाले फेरि गृहमन्त्री नियुक्त, आजै सपथ ग्रहण

५ वैशाख २०७८ काठमाडौं । राष्ट्रिय सभा सदस्यबाट बर्खास्त भएपछि गृहमन्त्री पद पनि गुमाएका रामबहादुर थापा आजै पुनर्नियुक्त हुनुभएको छ । थापाले आजै शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष गृहमन्त्रीका रूपमा पद तथा गोपनियताको शपथ लिनु भएको छ । पार्टी...

गृहमन्त्री थापा सांसदबाट मुक्त

५ वैशाख २०७८ काठमाडौं । गृहमन्त्री रामबहादुर थाप बादल सांसद पदबाट मुक्त हुनुभएको छ । राष्ट्रिय सभा सचिवालयले आज सुचना जारी गर्दै राष्ट्रिय सभा सदस्य पद खारेज भएको जनाएको छ। नेकपा एमालेमा प्रवेश गरेपछि माओवादीले थापालाई कारबाही गरेको थियो...

गृहमन्त्री रामबहादुर थापामाथि माओवादी केन्द्रले गर्‍यो कारबाही

२७ चैत २०७७ काठमाडौं । नेकपा माओवादी केन्द्रले नेकपा एमालेमा गएका गृहमन्त्री रामबहादुर थापालाई कारबाही गरेको छ। माओवादी केन्द्रले राष्ट्रियसभा सचिवालयालाई पत्र पठाउँदै थापालाई दलबाट हटाएको र माओवादी केन्द्रको सांसद नरहेको जानकारी गराएको हो। माओवादीको राष्ट्रिय सभा संसदीय दलका...

सत्ता बचाउन ओली सरकारको यतिसम्मको प्रपञ्च, गृहमन्त्री नै धर्नामा (भिडियो रिपोर्टसहित)

१२ चैत २०७७ काठमाडौं । सत्ता समीकरणमा निर्णायक मानिएको जनता समाजवादी पार्टीलाई फकाउन सरकारले अनेकौं प्रपञ्च गरिरहेको छ । निलम्वित सांसद रेशम चौधरीको रिहाइ माग गर्दै भएको धर्नामा गृहमन्त्री रामबहादुर थापाको उपस्थितिलाई पनि जसपा फकाउने सरकारी रणनीतिकै रुपमा बुझिएको...

गृहमन्त्री थापा एमालेको उपाध्यक्ष बन्दै

२६ फागुन २०७७ काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादल नेकपा एमालेको उपाध्यक्ष बन्नुहुने भएको छ । सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्युँताएपछि दलगत समस्यामा परेका गृहमन्त्री थापाले प्रधानमन्त्री ओलीसँगको सहकार्य कायमै राख्ने निर्णय गर्नुभएको हो । एमालेका अध्यक्ष...

नेकपा महासचिव विप्लव र गृहमन्त्री थापाबीच भेट

२२ फागुन २०७७ काठमाडौं । खुला राजनीतिमा आएको नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लवले गृहमन्त्री रामबहादुर थापासँग आज भेटवार्ता गर्नुभएको छ । महासचिव विप्लवले आज बिहान पुल्चोक स्थिति मन्त्री निवास पुगेर गृहमन्त्री थापासँग भेटवार्ता गर्नुभएको हो । भेटमा...

भागरथी हत्याका दोषी पक्राउ नजीकः गृहमन्त्री थापा

४ फागुन २०७७ काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टलाई बलात्कारपछि हत्या गर्ने दोषी नजीक प्रहरी पुगेको बताउनुभएको छ । बढ्दो महिला हिंसाका घटनामा संलग्नलाई कारवाहीको माग गर्दै आज सर्वोच्च अदालत बार एशोसिएशन, महिला समितिको...

अवरोध खडा गरे सशस्त्र दमन गर्ने गृहमन्त्री थापाको चेतावनी

१ फागुन २०७७ काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले प्रतिक्रियावादी शक्तिले अवरोध गरेको खण्डमा सरकारले सशस्त्र दमन गर्नुपर्ने अवस्था आउन सक्ने चेतापनी दिनु भएको छ । जनयुद्ध दिवसका अवसरमा केपी शर्मा ओली समूहको नेपाल ट्रेड युनियन महासंघले काठमाडौंमा गरेको...

प्रचण्डलाई जुमा थुन्ने गृहमन्त्रीको अभिव्यक्तिप्रति नेता रावलको यस्तो प्रतिक्रिया

२३ माघ २०७७ काठमाडौं । प्रचण्ड लगायतका नेताहरुलाई थुन्ने गृहमन्त्री रामबहादुर थापाको अभिव्यक्तिलाई प्रचण्ड–नेपाल समूहका नेता भीम रावलले दुःस्वप्न भन्नुभएको छ । ट्वीटरमार्फत रावलले गृहमन्त्रीको अभिव्यक्तिका विषयमा प्रतिक्रिया दिनुभएको हो । निरंकुश पञ्चायती शासनभन्दा अघि बढेर तानाशाह बन्ने प्रधानमन्त्री...