Main News

गृहमन्त्री भन्छन्- पार्टी बैठकबाट दोषीलाई छुटाउन निर्देशन दिन मिल्दैन (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० भदौ २ गते १६:००
गृहमन्त्री भन्छन्- पार्टी बैठकबाट दोषीलाई छुटाउन निर्देशन दिन मिल्दैन (भिडियो रिपोर्टसहित)

२ भदौ २०८० कास्की । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कुनै पनि छानबिन प्रकरणमा दोषीलाई छुटाउन सत्तारुढ गठबन्धन दलले बचाउन खोजेको भन्ने आरोप निराधार भएको दावी गर्नुभएको छ ।

प्रेस सेन्टर कास्की समन्वय समितिले आज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री श्रेष्ठले दोषीलाई गठबन्धनका दलले बचाउन खोजेको भन्ने कुरा सत्य नभएको बताउनुभएको हो ।

उहाँले राजनीतिक दलहरूको बैठक त्यसका लागि बस्ने कुरामा सत्यता नभएको तर्क गर्नुभयो । नक्कली भुटानी शरणार्थीको अनुसन्धान बाँकी रहेको भन्दै उहाँले थप कोही दोषी देखिए अनुसन्धान हुने उहाँको दावी थियो ।

प्रहरी संयन्त्रलाई दबाब नभई स्वतन्त्र र निष्पक्ष तरिकाले अनुसन्धान अगाडि बढाउन निर्देशन दिएको मन्त्री श्रेष्ठको भनाइ थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *