Main News

भ्रष्टाचार र अनियमितताको छानबिन निष्पक्ष : गृहमन्त्री श्रेष्ठ (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० साउन ८ गते १८:०४
भ्रष्टाचार र अनियमितताको छानबिन  निष्पक्ष : गृहमन्त्री श्रेष्ठ (भिडियो रिपोर्टसहित)

८ साउन २०८० काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार र अनियमिततामा सरकारले निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्ने बताउनुभएको छ ।

काठमाडौंमा आयोजित कार्यक्रममा गृहमन्त्री श्रेष्ठले अनुसन्धानले तथ्य, प्रमाणको आधारमा पुग्नुपर्ने ठाउँसम्म पुगेर कारबाही गर्ने बताउनु भयो । उहाँले सरकार दोषीलाई छोड्ने काममा नलाग्ने स्पष्ट पार्नुभयो ।

उहाँले सरकार कुनैपनि हालतमा अपराधीलाई छुट दिने पक्षमा नरहेको र प्रमाणसँगै सबै दोषीलाई कारबाही हुने प्रतिवद्धता जनाउनु भयो ।

गृहमन्त्री श्रेष्ठले अपराधमा संलग्नहरुलाई प्रमाणले भ्याएसम्म सबैलाई कारबाही हुने बताउनु भयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *