Main News

कांग्रेस केन्द्रीय समिति बैठकमा गृहमन्त्री श्रेष्ठको राजीनामा माग

हिमालय टिभी
२०८० साउन ५ गते १३:३४
कांग्रेस केन्द्रीय समिति बैठकमा गृहमन्त्री श्रेष्ठको राजीनामा माग

५ साउन २०८० काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समिति बैठकमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामाको माग उठेको छ ।

केन्द्रीय कार्यालय सानेपामा जारी बैठकको चौथो दिन आज सुन तस्करीमा गृहमन्त्रीको नाम जोडिएकाले राजीनामा माग्नु पर्ने आवाज उठेको हो ।

बैठकमा केन्द्रीय सदस्य जीतजंग बस्नेतले आफ्ना बालकृष्ण खाणलाई पक्राउ गरेकोमा गृहमन्त्रीलाई धन्यवाद दिन जाने कांग्रेस केन्द्रीय सदस्यहरूले अहिले सुन तस्करीमा नाम जोडिएका श्रेष्ठ र माओवादी उपाध्यक्ष कृष्णबहादुर महराको विरोध गर्ने आँट नगरेको बताउनुभयो ।

उहाँले एक महिनामा २९ पटक एयरपोर्टबाट सुन भित्रिएको भन्दै बस्नेतले गृहमन्त्रीको राजीनामा माग्न जाने कि नजाने ? भन्ने प्रश्न गर्नुभयो ।

बैठकमा केन्द्रीय सदस्य आरजू राणाले महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापाको प्रतिवेदन गैर सरकारी संस्थाको प्रतिवेदन जस्तो भएको टिप्पणी गर्नुभयो ।

उहाँले दूरगामी प्रभाव पार्ने वा देशलाई हाँक्ने योजना महामन्त्रीको प्रतिवेदनमा नदेखेको बताउनुभयो । साउन २ गते शुरु भएको बैठकमा नेताहरुले धारणा राख्ने क्रम जारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *