Main News

एक क्विन्टल सुन प्रकरण : गृहमन्त्री र अर्थमन्त्री प्रश्नकाे घेरामा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० साउन ९ गते २०:४१
एक क्विन्टल सुन प्रकरण : गृहमन्त्री र अर्थमन्त्री प्रश्नकाे घेरामा (भिडियो रिपोर्टसहित)

९ साउन २०८० काठमाडौं । त्रिभुवन विमानस्थलबाट एक क्विन्टल सुन बाहिरिएको प्रकरणमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री प्रकाशशरण महतविरुद्ध प्रश्न उठेको छ ।

गएको बुधबार विमानस्थलबाट बाहिरिएको सुन सिनामंगलबाट राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो । तर, सुरक्षा घेरामा रहने विमानस्थलबाट कसरी सुन बाहिरियो ? त्यसैले गृहमन्त्री र अर्थमन्त्री सामु प्रश्न उठेको छ । यता, गृहमन्त्री श्रेष्ठ भने बक्तव्यवाजीमै रमाइरहनुभएको छ ।

गृहमन्त्री बनेपछि नारायणकाजी श्रेष्ठले पटक–पटक त्रिभुवन विमानस्थलको अनुगमन गर्नुभयो । तर, नाकैमुनिबाट करिब एक क्विन्टल सुन बाहिरियो । २र३ तोला सुन भेट्ने भन्सार अधिकारीले त्यत्रो सुन बाहिरिदा थाहै पाएनन् । अहिले गृहमन्त्री श्रेष्ठलाई मात्र होइन, भन्सार कार्यालयको विभागीय मन्त्री प्रकाशशरण महतमाथि पनि प्रश्न उठेको छ ।

भन्सार अधिकारी र प्रहरीबीच मिलेमतो प्रष्ट देखिन्छ । तरपनि यो प्रकरणमा भन्सार कार्यालय नै बढी जिम्मेवार देखिन्छ । उप्रधानमन्त्री श्रेष्ठमाथि प्रश्न उठेपनि उहाँ बक्तव्यवाजीमै रमाइरहनुभएको छ । एक क्विन्टल सुन माथिल्लो तहको सेटिङ विना सम्भव नहुने आम नागरिकले समेत प्रश्न उठाइरहँदा गृहमन्त्री श्रेष्ठ कसैलाई नछाड्ने दाबी मात्र गर्दै हुनुहुन्छ । उहाँले देखिने गरी काम गर्नुभएको छैन ।

गृहमन्त्री श्रेष्ठको दाबीप्रति प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कडा प्रतिवाद गर्नु भयो । गृहमन्त्री श्रेष्ठ एक सय किलो सुन तस्करी भएको घटनामा नैतिक जिम्मेवारी लिनबाट पन्छिएर दोष अरुलाई लगाउन खोजेको ओलीले आरोप छ। सुन तस्करी प्रकरणमा गृहमन्त्री श्रेष्ठले आफ्नो संलग्नता छ वा छैन रु जवाफ दिनु पर्ने नभएर मुख्य तस्कर को हो भन्नुपर्ने भन्दै ओलीले नैतिक संकट खडा गरिदिनु भएको छ ।

हुन पनि गृहमन्त्री श्रेष्ठ पछिल्लो समय प्रहरी र अख्तियारले गरेका नियमित कामको जस लिएर जवाफदेहीबाट उम्किन खोजिरहेको यो सुन तस्करी प्रकरणबाट छर्लङ भएको छ । आफू गृहमन्त्री भएको समयमा भएको तस्करीको जवाफ दिनु नपर्ने तर सीआईबीले लामो समयदेखि अनुसन्धान जारी राखेको भुटानी शरणार्थी प्रकरण र ललिता निवास जग्गा प्रकरणको जश लिने होडबाजीमा लागेको आरोप लाग्दै आएको छ ।

चौविसै घण्टा कडा सुरक्षा व्यवस्था रहने भनिएको विमानस्थलमा कसरी सुन तस्करी भयो रु विमानस्थलकै अधिकारीहरु मिलेमतोको सम्भानालाई नकार्न सक्दैनन् ।

मानवीय कमजोरी भयो भने ५० ग्राम सुन देख्ने विमानस्थलका कर्मचारीले एक सय किलो सुन नदेख्नु आफैंमा अनौठो भएको जानकार बताउँछन् । पछिल्लो पटक मात्रै तीन हजार किलो हाराहारीमा विमानस्थलबाट सुन तस्करी भएको आशंका छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *