Main News

गृहमन्त्रीले बिना शर्त राजीनामा नदिए आमरण अनसन शुरु गर्छुः कांग्रेस सांसद शर्मा

हिमालय टिभी
२०८० साउन २९ गते १६:१०
गृहमन्त्रीले बिना शर्त राजीनामा नदिए आमरण अनसन शुरु गर्छुः कांग्रेस सांसद शर्मा

२९ साउन २०८० काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गर्नुभएको छ ।

आफूलाई गैरकानूनी रुपमा थुनामा राखेकाले गृहमन्त्री श्रेष्ठले बिना शर्त तत्काल राजीनामा दिनुपर्ने उहाँको जिकिर थियो । आज प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद शर्माले गृहमन्त्री श्रेष्ठले तत्काल राजीनामा नदिए आफूले आमरण अनसन बस्ने चेतावनी समेत दिनुभयो ।

त्यसपछि परिस्थिति अनुसार आफूले थप भनाई राख्दै जाने पनि सांसद शर्माले बताउनुभयो । गृहमन्त्री श्रेष्ठले आफूलाई आतंककारी जस्तो बनाएर पक्राउ गरेकाले बिना शर्त राजीनामा दिनुपर्ने उहाँको माग छ ।

उहाँले भन्नुभयो, ‘जसले मलाई निहत्था, निर्दोष मान्छेलाई आतंककारीको हिसावले यो राज्यसत्ताले बिना पक्राउ पुर्जी मेरो घरबाट पक्राउ गरेर कस्टडीमा राखिराखेको बेलामा सबै सांसदहरुले पक्ष, प्रतिपक्ष नभनिकन यो सदनमा हुनुभएका सबै सांसदहरुले आफ्ना आवाजहरुलाई बुलन्द गर्नुभयो । र, मलाई छुटाउनका निम्ति सहयोग गरिदिनु भएकोमा मेरो हृदयको अन्तस्करणका उहाँहरुलाई धन्यवाद ज्ञापन गर्न चाहन्छु ।

सांसद शर्माले लोकतान्त्रिक मुलुकको सांसदलाई पक्राउ पुर्जीबिना पक्राउ गर्न पाइन्छ ? भनेर समेत पटकपटक प्रश्न गर्नुभयो । पक्राउ गर्ने क्रममा प्रहरीले आफूमाथि पटकपटक हातपात समेत गरेको सांसद शर्माले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *